Connect with us

सुत्केरी जोगाउन हिटरको जोहो

डोल्पा, ७ माघ : डोल्पामा सुत्केरी महिलालाई चिसोबाट जोगाउन ग्यास हिटरको जोहो गरिएको छ । जिल्ला अस्पताल डोल्पामा सुत्केरी गराउँदै आएका आमा, बच्चा तथा बिरामीलाई चिसोबाट जोगाउन ग्यास हिटरको जोहो गरिएको हो । तीन जना स्थानीय चिकित्सकले हिँउदको अत्याधिक चिसोका कारण सुत्केरी आमा, बच्चा तथा अन्य बिरामीको अवस्था जोखिममा रहेको भन्दै पाँच वटा ग्यास हिटर र १० वटा सिलिण्डर सहयोग गरेका हुन् । ललितपुरस्थित पाटन अस्पतामा कार्यरत डा अखण्ड उपाध्याय, जिल्ला अस्पताल डोल्पामा कार्यरत डा मेलिना हमाल र डामछिन्द्र बडूवालले ग्यास हिटर किन्नका लागि अभियान नै चलाएर सहयोग रकम उठाउनु भएको थियो ।

चिकित्सकहरुको अभियानलाई सफल बनाउन देश तथा विदेशमा रहेका विभिन्न सङ्घसंस्था र २९ जना व्यक्तिबाट कूल रु ९० हजार रकम उठाएर ग्यास हिटर र सिलिण्डर खरीद गरी जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको छ । दुनैमा विस्तारित विद्युत्को भोल्टेज न्यून भएकाले महिला सुत्केरी हुनुअघि र भइसकेपछि चिसोले सास्ती खेप्नु परेको छ । हिँउद्को कठ्याङ्ग्रिदो चिसोका कारण सुत्केरीपछि आमा र बच्चाको स्वास्थ्य अवस्था गम्भीर हुने अवस्था भएकाले अभियान नै चलाएर हिटरको जोहो गरिएको डा अखण्ड उपाध्यायले जानकारी दिनुभयो । सुत्केरी आमा, बच्चा तथा अन्य बिरामीको कष्टकर अवस्थाबाट प्रभावित भएकाले हिटर किन्ने अभियान चलाएको उहाँको भनाइ छ । (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Other2 weeks ago

भागरथीलाई यौनसम्पर्क गर्न पाइन्ट खोल्दा ब्लड देखे अनि गरिन दिनेशको भनाइ,अझ रहस्य मय बन्दै (भिडियो सहित)

Other2 weeks ago

खुल्यो भागरथीको ह-त्या कस्ले गरेको,दिनेशले पहिला बला-त्कार गरी ह-त्या गरेको कबुक गरे,को हुन त दिनेश ? (भिडियो सहित)

Other4 weeks ago

प्युठानमा अविवाहित युवतीले अनैतिक सम्बन्ध बाट बच्चा जन्माएर फालिन कुकुरले लुछि लुछि खायो (भिडियो सहित)

news2 weeks ago

पक्राउ परेका १६ बर्षीय दिनेशको यस्तो बयान: भागीरथीले आफु बाँच्नलाई निकै कोसिस गरि तर मैले सिध्याईदिए (भिडियो हेर्नुहोस)

Other2 weeks ago

खुल्यो नयाँ रहस्य,प्रहरी हिरासतमै भेट्न पुगेका भागरथीका परिवारसंग जब दिनेशले यस्तो भन्दै धरधरी रोए (भिडियो सहित)

Copyright © 2017 ostake.