Connect with us

डाँडाफया स्वास्थ्यचौकीमा मेसिन जडान

सिमकोट, ७ माघ : हिमाली जिल्ला हुम्लाको दुर्गम स्वास्थ्यचौकीमा स्थापना भएका प्रसूति गृहमा बेबी रेडियन्ट वार्मर मेसिन जडान गरिएको छ । सिमकोट गाउँपालिका–७ मा रहेको डाँडाफया स्वास्थ्यचौकीमा सो मेसिन जडान गरिएको छ । स्वास्थ्यचौकीमा स्थापना भएका प्रसूति गृहमा चिसो अत्यधिक हुने हुम्लामा जन्मने नवजात शिशुको तापक्रम व्यवस्थापन गर्न मङ्लबार सो मेसिन जडान गरिएको स्वास्थ्यचौकीका इन्चार्ज सन्तोष बोहराले जानकारी दिनुभयो ।

जिल्ला अस्पतालपछि पहिलो पटक चारवटा बर्थिङ सेन्टरमा यो मेसिन जडान शुरु गरिएको हो । तीन वडाका स्वास्थ्यचौकीमा जडान काय भएको छ भने वडा ८ मा बाँकी छ । मेसिन जडानसँगै अब नवजात शिशुको तापक्रम व्यव्यवस्थापन गर्न सहज हुने भएको गाउँपालिका स्वास्थ्य संयोजक दानबहादुर बोहराले बताउनुभयो । यसभन्दा अघि सिमकोट वडा दुई ठेहे, वडा तीन बरगाउँ, स्वास्थ्यचौकीका बर्थिङ् सेन्टरमा यो मेसिन जडान गरिएको संयोजक बोहराले जानकारी दिनुभयो ।

यी मेसिन जडानपछि प्रसूति गृहमा जन्मने नवजात शिशुलाई शिताङ हुनबाट बचाउने, न्यानो राख्ने, कम जन्म तौल भएका बच्चालाई अन्य जटिलताबाट बचाउन सहयोग पुग्ने छ । यसबाट नवजात शिशुको मृत्युदरमा कमी आउने विश्वास गाउँपालिकाले लिएको छ । यसका लागि गाउँपालिकाले आफ्नै स्रोतबाट खरीद तथा ढुवानीमा रु १२ लाख खर्चेको छ । गाउँपालिकाले मेसिन मङ्गलबार जडान गरेपछि पहिलो पटक स्वास्थ्यचौकीमा जन्मिएका बच्चालाई यो मेसिनमा राखिएको छ । (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Other2 weeks ago

भागरथीलाई यौनसम्पर्क गर्न पाइन्ट खोल्दा ब्लड देखे अनि गरिन दिनेशको भनाइ,अझ रहस्य मय बन्दै (भिडियो सहित)

Other2 weeks ago

खुल्यो भागरथीको ह-त्या कस्ले गरेको,दिनेशले पहिला बला-त्कार गरी ह-त्या गरेको कबुक गरे,को हुन त दिनेश ? (भिडियो सहित)

Other4 weeks ago

प्युठानमा अविवाहित युवतीले अनैतिक सम्बन्ध बाट बच्चा जन्माएर फालिन कुकुरले लुछि लुछि खायो (भिडियो सहित)

news2 weeks ago

पक्राउ परेका १६ बर्षीय दिनेशको यस्तो बयान: भागीरथीले आफु बाँच्नलाई निकै कोसिस गरि तर मैले सिध्याईदिए (भिडियो हेर्नुहोस)

Other3 days ago

भर्खरै विहे गरेको श्रीमानको दुर्घटनामा निधन हुँदा श्रीमतीले शवलाई अंगालो हालेर रोएको देखेर को नरोला ?(भिडियो सहित)

Copyright © 2017 ostake.