Connect with us

सप्तकोशीमा आकस्मिक सेवा शुरु

सप्तरी, ७ माघ : सप्तरीको सप्तकोशी नगरपालिकामा २४ घण्टे आकस्मिक सेवा शुरु भएको छ । स्वास्थ्यचौकीमा एमबिबिएस चिकित्सकबाट स्वास्थ्य सेवा उपलब्ध हुने र प्रयोगशालालगायतका सेवासमेत रहने बताइएको छ ।

सप्तकोशी नगरपालिकास्थित स्वास्थ्यचौकी फत्तेपुरमा २४ घण्टे आकस्मिक सेवा शुरु गरिएको नगरपालिकाका प्रमुख उत्तम शर्माले बताउनुभयो । यसअघि पाँच श्ययाको कोभिड–१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएको स्वास्थ्यचौकीमा २४ घण्टे आकस्मिक सेवा शुरु भएपछि सप्तकोशी नगरपालिकाको ११ वटै वडा र छिमेकी जिल्ला उदयपुरको चौदण्डी गढी र बेलका नगरपालिकाका बासिन्दालाई समेत सुविधा पुग्ने स्वास्थ्यचौकी प्रमुख राजकुमार दासले जानकारी दिनुभयो ।

नगर प्रमुख शर्माले चाँडै नै सर्पदंश उपचार केन्द्र पनि सञ्चालनमा ल्याइने बताउनुभयो । नगरपालिकामा १५ श्ययाको अस्पताल सञ्चालनका लागि आवश्यक तयारी भइरहेको र फागुनभित्र शिलान्यास गरिने नगर प्रमुख शर्माले प्रतिबद्धता जनाउनुभयो । शर्माले भन्नुभयो, “अस्पतालका लागि चाहिने आवश्यक उपकरण स्वास्थ्य सेवा विभागले उपलब्ध गराउने आश्वासन दिएको छ ।” कुनै पनि व्यक्ति पैसा र सवारी साधनको अभावमा आकस्मिक सेवा लिनबाट बञ्चित नहोस् भन्ने उद्देश्यले २४ घण्टे आकस्मिक सेवा कार्यक्रम शुरु गरिएको नगरपालिकाकी उपप्रमुख आशा चौधरीले बताउनुभयो ।(रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Other2 weeks ago

भागरथीलाई यौनसम्पर्क गर्न पाइन्ट खोल्दा ब्लड देखे अनि गरिन दिनेशको भनाइ,अझ रहस्य मय बन्दै (भिडियो सहित)

Other3 weeks ago

खुल्यो भागरथीको ह-त्या कस्ले गरेको,दिनेशले पहिला बला-त्कार गरी ह-त्या गरेको कबुक गरे,को हुन त दिनेश ? (भिडियो सहित)

Other5 days ago

भर्खरै विहे गरेको श्रीमानको दुर्घटनामा निधन हुँदा श्रीमतीले शवलाई अंगालो हालेर रोएको देखेर को नरोला ?(भिडियो सहित)

news3 weeks ago

पक्राउ परेका १६ बर्षीय दिनेशको यस्तो बयान: भागीरथीले आफु बाँच्नलाई निकै कोसिस गरि तर मैले सिध्याईदिए (भिडियो हेर्नुहोस)

Other3 weeks ago

खुल्यो नयाँ रहस्य,प्रहरी हिरासतमै भेट्न पुगेका भागरथीका परिवारसंग जब दिनेशले यस्तो भन्दै धरधरी रोए (भिडियो सहित)

Copyright © 2017 ostake.