Connect with us

प्रदेश प्रमुख समक्ष प्रतिवेदन पेश

वाग्मती, ७ माघ : वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले वार्षिक प्रतिवेदन पेश गरेको छ । आर्थिक वर्ष २०७६/०७७ मा अख्तियारको हेटौँडा कार्यालयद्वारा भएका कार्य सम्पादनको विवरण कार्यालयप्रमुख बाबुराम खतिवडाले पेश गर्नुभएको हो । प्रतिवेदन बुझेपछि प्रदेश प्रमुख प्रसाईँले अख्तियारले सुशासनका लागि धेरै महत्वपुर्ण र उल्लेखनीय काम गरेको बताउनुभयो । अहिलेको समयमा अख्तियारले साना मात्र नभई ठूला समस्यासमेत बाहिर ल्याउने भूमिका निर्वाह गरेको बताउनुभयो ।

उपाध्यक्षको रिट निवेदनमाथि अन्तरिम आदेश
मकवानपुर जिल्लाको मनहरी गाउँपालिकाका तत्कालीन उपाध्यक्ष मनिला विष्टको राजिनामाबारे उच्च अदालत पाटन अन्तर्गतको हेटौँडा इजलासले परेको रिट निवेदनमाथि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

मङ्गलबार अदालतका न्यायाधीश राजकुमार वन र मेरिना श्रेष्ठको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अदालतले विष्टको राजीनामा पत्रमा मिति उल्लेख नभएको वा कुन मितिदेखि राजीनामा लागु हुने भन्ने उल्लेख नगरिएको जनाउँदै मुद्दाको टुङ्गो नलागेसम्म उपाध्यक्ष पदको पदपूर्तिको प्रक्रिया अघि नबढाउन समेत मनहरी गाउँपालिका कार्यालयलाई आदेश दिएको छ ।
इजलासले ‘निवेदिकाको मागउपर प्रस्तुत मुद्दाको न्यायिक निरोपण हुँदाका बखत सम्बोधन हुने नै हुँदा तत् विषयमा अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था देखिएन’ भनेको छ । (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Other2 weeks ago

भागरथीलाई यौनसम्पर्क गर्न पाइन्ट खोल्दा ब्लड देखे अनि गरिन दिनेशको भनाइ,अझ रहस्य मय बन्दै (भिडियो सहित)

Other3 weeks ago

खुल्यो भागरथीको ह-त्या कस्ले गरेको,दिनेशले पहिला बला-त्कार गरी ह-त्या गरेको कबुक गरे,को हुन त दिनेश ? (भिडियो सहित)

Other5 days ago

भर्खरै विहे गरेको श्रीमानको दुर्घटनामा निधन हुँदा श्रीमतीले शवलाई अंगालो हालेर रोएको देखेर को नरोला ?(भिडियो सहित)

news3 weeks ago

पक्राउ परेका १६ बर्षीय दिनेशको यस्तो बयान: भागीरथीले आफु बाँच्नलाई निकै कोसिस गरि तर मैले सिध्याईदिए (भिडियो हेर्नुहोस)

Other3 weeks ago

खुल्यो नयाँ रहस्य,प्रहरी हिरासतमै भेट्न पुगेका भागरथीका परिवारसंग जब दिनेशले यस्तो भन्दै धरधरी रोए (भिडियो सहित)

Copyright © 2017 ostake.