Connect with us

ओलम्पिक कमिटीका अध्यक्षलाई पितृशोक

काठमाडौँ, २८ पुस : नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलाई पितृशोक परेको छ । निवर्तमान सांसद श्रेष्ठका पिता ९३ वर्षीय पिता कृष्णरामको काठमाडौँ –१५ स्वयम्भू धिमेहोलस्थित आफ्नै निवासमा निधन भएको हो । उहाँ मुटु र मिर्गौलासम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँका दुई छोरा र एक छोरी छन् । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।(रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.