नायिका श्वेता खड्का को विवाह पछी करिश्मा मानन्धर ले किन यस्तो भनिन ? (भिडियो सहित)
नायिका श्वेता खड्काको विवाह पछी नायिका करिश्मा मानन्धरले यस्तो भनेर फेसबुकमा पोस्ट गरेकी छिन्, आएको हरेक परिस्थितिको सामना गर्दै ,साथै समाजका मुल्यमान्यतालाइ कायम राख्दै र मान्दै जिवनलाइ हिम्मतका साथ जिउन ठुलो आट चाहिन्छ , येस्तोमा कतिपय अवस्थामा आफ्ना भावनाहरुलाई पैताला मुनि कुल्चिनु पर्ने स्थिति पनि आउँछ ।हरेक मानिसको खुसी भएर बाच्न पाउने अधिकार छ ।
पुरुषप्रधान मानसिकता रहेको हाम्रो यो समाजमा , ठुला ठुला आवाजमा कस्तो प्रकारको महिला सशक्तीकरण कुरा गरिरहेकार्छौ हामी ? जो बिचरि अवस्थामा छिन र अरुको सहयोगको अपेक्षा गरेर आँखा तानेर बसेकी छिन !!या जो हिम्मतका साथ ती सबै समस्याहरुसंग जुधेर आफुलाइ भित्रैबाट सशक्तीकरण गरेर आफ्नो लागि नयाँ बाटोको निर्माण गर्दै छिन ,र यो पनि समाजको अगाडि प्रस्तुत भयेर गर्दैछिन ।
यो एउटा उदाहरणीय सुरुवात हो ।
जिवनमा परेका भवितव्यं ले लथालिङ्ग हुने होइन कि त्यसबाट सिकेर बलियो भएर अगाडिको बाटो बनाउने हो ।समाजमा जनजागरण कहिलेकाही आफै उदाहरण बनेर पनि दिनुपर्छ । तिम्रो हिजोको स्टाट्स लेखाइमा भयेको तिम्रा भाव बुझे जस्तो लागेर यी शब्दहरु लेख्दैछु। नवीन वैवाहिक जिवनको शुभकामना स्वेता,तिमी वास्तविक जीवनको नाइका हौ । भिडियो सहित
