Connect with us

ब्राजिलका राष्ट्रपति बोल्सोनारोले कोरोनाको खोप नलिने

ब्राजिलिया, १२ मङ्सिर : ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले कोरोनाभाइरसविरुद्धको खोप प्रयोगमा आएपनि आफूले भने प्रयोग नगर्ने घोषणा गर्नुभएको छ । आफ्नै सरकारले त्यसलाई ग्रहण गर्ने निर्णय गरेपनि आफूले त्यसलाई ग्रहण नगर्ने उहाँले बिहीबार घोषणा गर्नुभएको हो । सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिएको भिडियोमा उहाँले भन्नुभएको छ, “म तपाईहरूलाई भन्छु की म त्यो (खोप) लिन्न । यो मेरो अधिकार हो ।” ब्राजिलमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये एक लाख ७० हजारभन्दा बढीको मृत्यु भएको छ ।

मृतकहरुको यो सङ्ख्या अमेरिकापछि विश्वमै सवैभन्दा धेरै हो । कोरोनाका कारण भएको मानवीय क्षतिको हिसावले ब्राजिल दोस्रो क्रममा रहेको छ ।
अमेरिकामा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये दुई लाख ६९ हजार ५७९ जनाको मृत्यु भएको छ । सङ्क्रमितको सङ्ख्याको हिसावले दोस्रोमा रहेको भारत भने मृतकहरुको सङ्ख्याका आधारमा तेस्रोमा रहेको छ । भारतमा कोरोनाका कारण मृत्यु भएको भनिएकाहरुको सङ्ख्या अहिलेसम्म एक लाख ३५ हजार ७५२ रहेको छ । विश्वमै दोस्रो धेरै मानवीय क्षति बेहोरेको मुलुक भएर पनि राष्ट्रपति बोल्सोनारोको अडान गलत भएको भन्दै धेरैले उहाँको आलोचना गरेका छन् ।

कोरोनाभाइरसको नियन्त्रणका लागि सरकारले गरेको कडाइप्रति उहाँले असहमति र असन्तुष्टि जनाउदै आउनुभएको छ । उहाँले मास्क लगाउनु नपर्ने, सामाजिक दुरी काम गर्नु नपर्ने र कुनै सतर्कताको आवश्यकता नभएको दावी पनि गर्दै आउनुभएको छ । (रासस÷एएफपी)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.