Connect with us

कारागारबाट थुनुवा फरार

चितवन, १२ मङ्सिर : कारागार कार्यालय चितवनका एक थुनुवा फरार भएका छन् । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार जबर्जस्ती करणी मुद्दामा गएको साउन २० गतेबाट थुनामा रहेका रेशमलाल श्रेष्ठ फरार भएका हुन् । उहाँका अनुसार साँझ ५ः३० बजे कैदीबन्दी गणनाका क्रममा बन्दीको सङ्ख्या कम भएपछि खोजी गर्दा उनी फरार भएको थाहा भएको हो । कालिका नगरपालिका–२ पदमपुर घर भएका ४५ वर्षीय उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ । (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.