Connect with us

दौलतपुरमा जङ्गली हरिण फेला

विराटनगर, ११ मङ्सिर : मोरङको रङ्गेली नगरपालिका–३ दौलतपुरमा जङ्गली हरिण भेटिएको छ । स्थानीयवासी शिवकुमार मण्डलको पोखरी छेउमा चरिरहेको भाले हरिणलाई स्थानीयवासीले नियन्त्रणमा लिई आज बिहान प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएको प्रहरी टोलीले हरिणलाई आमतोलास्थित सबडिभिजन वन कार्यालयलाई बुझाएको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो । जङ्गलबाट आएको हरिणले करिब ३० किमीको यात्रा पार गरेको बताइएको छ ।(रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.