Connect with us

बालिका हत्याका दोषीलाई कारवाही जनमोर्चाको माग

काठमाडौँ, ११ मङ्सिर : राष्ट्रिय जनमोर्चाले महोत्तरीको बर्दिबासमा छ वर्षीया गुलाब खातुनको हत्या गरिएको घटनाका दोषीलाई कडा कारवाही गर्न माग गरेको छ । पार्टीका प्रवक्ता दुर्गा पौडेलले आज विज्ञप्ति जारी गरी बालिकाहरुको बलात्कार र हत्याका घटना निरन्तर हुनाले जनताको सुरक्षाको स्थिति अत्यन्तै कमजोर रहेको र शान्तिसुरक्षाप्रति सरकार उदासीन रहेको आरोप लगाउँदै बालिकाको हत्या स्वीकार गर्ने स्थानीयवासी अरुण शाहलाई कारवाही गरी पीडितलाई न्याय दिन माग गर्नुभएको हो ।

पीडितलाई न्याय दिनाको सट्टा न्याय माग्ने जनतामाथि दमन गरिएको घटनाको पनि छानबिन गर्न पार्टीले माग गरेको छ ।(रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.