Connect with us

युआरएल पत्रकारिता पुरस्कार पौडेललाई

गण्डकी, ९ मङ्सिर : युनाइटेड रेफरेन्स ल्याबोरेटरी(युआरएल)द्वारा स्थापित एवम् सञ्चालित युआरएल पत्रकारिता पुरस्कार २०७७ पत्रकार प्रदीप पौडेललाई प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासङ्घ कास्कीका पूर्वअध्यक्ष रवीन्द्र बाँस्तोलाको संयोजकत्वमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा माधव तिवारी र इन्सेक गण्डकी संयोजक शिव खकुरेल सदस्य रहेको प्रतिभा छनोट समितिले पौडेललाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पौडेल इमेज च्यानलका गण्डकी ब्युरो प्रमुख एवम् रेडियो बाराहीका समाचार संयोजक हुनुहुन्छ । विसं २०५९ मा पत्रकारिता थाल्नुभएका पौडेल फोटो पत्रकार सङ्घ कास्कीका अध्यक्ष र नेपाल प्रेस युनियन कास्की सचिवको जिम्मेवारीमा रहनुभएको छ ।

यही मङ्सिर २३ गते युआरएलको वार्षिकोत्सव समारोहमा पौडेललाई पुरस्कृत गरिने युआरएलका सञ्चालक ठाकुरप्रसाद पन्तले जानकारी दिनुभयो । पुरस्कारको राशि रु २० हजार र साथमा ताम्रपत्र रहने छ । यसअघि सो पुरस्कारबाट पत्रकार ऋषि खतिवडा, यदुनाथ बञ्जारा र सुरेन्द्र पौडेल सम्मानित भइसक्नुभएको छ । (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.