Connect with us

सेरीघाटको बेलिब्रिज जीर्ण

मान्म, ५ मङ्सिर : कर्णाली राजमार्ग अन्तर्गत खाँडाचक्र नगरपालिका–२ सेरीघाटमा अवस्थित तिला नदीको बेलिब्रिज जीर्ण बनेको छ । जडान भएको लामो समयसम्म मर्मत नहुँदा जीर्ण बनेको हो । कालीकोट र जुम्लामा सवारी साधन पु¥याउन १५ वर्ष अगाडि सो नदीमा बेलिब्रिज जडान गरिएको थियो । स्थानीय पदम विष्टले भन्नुभयो, “ बेलिब्रिजको संरक्षण पनि छैन । मर्मत पनि छैन । कति बेला भत्किने हो पत्तो छैन ।” कालीकोटको खाँडाचक्र नगरपालिका र शुभकालिका गाउँपालिकाको बीचमा सो बेलिब्रिज जडान गरिएको थियो । जडान गर्दा २४ टन भारबहन क्षमता लेखिएको थियो । रारा कर्णाली यातायात प्रालिका अध्यक्ष हस्तबहादुर बमले पुलमा अहिले पनि ठूलठूला मालबाहक सवारी साधन नियमित रुपमा चल्ने गरेका बताउनुभयो ।

पुलको दुवैतिरबाट वर्षात्को भलसमेत नतर्काउँदा बाढीले बगाएर ल्याएको माटोले पुल जोखिम समेत बढाएको छ । पुलमा किलाकाटा खिया लागेका छन् । यसतर्फ सडक विभाग, पुल क्षेत्रमै कालोपत्रे गर्ने निर्माण व्यवसायी र सरोकारवाला कसैले पनि ध्यान नदिएको स्थानीयको भनाइ छ ।
“ पुलको १० देखि १५ वर्षसम्म मात्र समयावधि हुन्छ । संरक्षणको अभावमा खियाले फलाम छिटो कमजोर हुने हँुदा यसको आयु घट्दै गएको छ ।” अध्यक्ष बमले भन्नुभयो, “अर्को पक्की पुल निर्माण प्रक्रियासमेत सरकारी तवरबाट थालिएको छैन ।”(रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

news3 weeks ago

शेरधन राइले चिनेकै छैन भन्दा बालिका ले ६ बर्ष देखी यौन शोशणको कुरा किन गरिन भन्दा यस्तो बबाल (भिडियो हेर्नुहोस)

Other1 week ago

श्रीमान र ५ बर्षे छोरालाई छोडेर हिडेकी सन्तोषी यस्तो अवस्थामा फेला परिन, बुझ्नै गाह्रो (भिडियो हेर्नुस्)

news2 weeks ago

यिनै हुन् दाङमा भारतीय कार भित्र मृत्यु भएका ३ जना बालक , आखिर कसरी आए ति बालक कार भित्र ? पहिलो पटक शव देख्ने ब्यक्तिले गरे यस्तो खुलाशा (भिडियो हेर्नुस)

Other3 weeks ago

यस्तो छोरो जन्माइस भन्दै तेजेन्द्रले कुटथ्यो भनेर सचिनको आमाले आरोप लाएपछी बाहिरियो अरुपनी कर्तुत (भिडियो सहित)

Other2 weeks ago

३ महिना देखि पार्किङ्ग गरेको कार भित्र कसरी भेटियो ३ बालकको शव ? बालकको आमाले रुँदै सुनाइन् (भिडियो हेर्नुस्)

Copyright © 2017 ostake.