Connect with us

बागलुङमा उत्पादकत्व खोजी गर्न माटो परीक्षण

बलेवा, ५ मङ्सिर : बागलुङको जैमिनी नगरपालिकाले कास्कीमा रहेको माटो परीक्षण प्रयोगशालाको प्राविधिक सहयोगमा माटो परीक्षण गर्न शुरुआत गरेको छ । नगरका दशवटै वडामा परीक्षण गरेर माटोको उत्पादकत्व खोजी गर्न थालिएको हो । माटोको गुणअनुसारको बाली लगाउने उद्देश्यले परीक्षण थालिएको नगरप्रमुख इन्द्रराज पौडेलले जानकारी दिनुभयो । माटोमा रहेको अम्लियपन र उत्पादकत्वमा ह्रास आउनुको कारण खोज्न परीक्षण शिविर सञ्चालन भएको उहाँले बताउनुभयो । शिविरको पहिलो चरणमा किसान आफैँलाई माटोको नमूना सङ्कलनको विषयमा कृषि प्राविधिकले जानकारी गराएका छन् । “हामीले उत्पादन बढाउने उद्देश्यले यसो गरिरहेका छौँ”, उहाँ भन्नुहुन्छ, “जबर्जस्त खेतीले कृषिमा प्रगति गर्न सकिन्न ।” उब्जाउ हुने जमिनको माटो परीक्षण हुने उहाँले जानकारी दिनुभयो । माटोको क्षमताअनुसारको बालीका लागि नगरपालिकाले प्राविधिकको सल्लाहमा सिफारिस गर्नेछ ।

“हिजोजस्तो आज हाम्रो उत्पादन छैन, गिरावट भएको उत्पादन बढाएर कम्तीमा हामी कृषिमा आत्मनिर्भर हुन चाहन्छौँ”, नगरप्रमुख पौडेल भन्नुभयो, “थोरै लगानीमा हाम्रो माटोको क्षमता पत्ता लाग्छ भने परीक्षण किन नगर्ने ?” चालू आर्थिक वर्षमा नगरपालिकाले रु दुई लाख ५० हजार माटो परीक्षणका लागि विनियोजन गरेको छ । यस वर्ष एक हजार नमूना परीक्षण गर्ने लक्ष्य रहेको कृषि प्राविधिक रवीन्द्र शर्माले जानकारी दिनुभयो ।  “किसान आफैँले नमूना ल्याउनुहुन्छ, नमूना सङ्कलन विधि हामीले सिकाइसकेका छौँ”, उहाँले भन्नुभयो, “प्रयोगशालाले अम्लियपन, नाइट्रोजन, फसफोरसलगायतका माटोमा हुने तत्वको खोजी गर्नेछ ।” माटोको सुधारका लागि कुनै तत्व उपलब्ध गराउनुपर्ने भएमा नगरपालिकाले निःशुल्क उपलब्ध गराउने कार्यक्रम बनाएको छ ।

“किसानले खेती गर्ने माटोको विषयमा जानकारी राख्नु जरुरी हुन्छ”, प्राविधिक शर्मा भन्नुहुन्छ, “नगरपालिकाले किसानका लागि दिएको यो राम्रो अवसर हो ।” प्रत्येक वडाबाट १८ देखि २० जनासम्म किसानले नमूना सङ्कलन गर्ने विधि सिकेका छन् । उनीहरुकै सहायतामा परीक्षणका लागि नमूना सङ्कलन हुनेछ । “एकै वर्ष सबै जमिनको परीक्षण नसकिएला तर यो निरन्तर प्रक्रिया हो”, नगरप्रमुख पौडेलले भन्नुभयो, “हाम्रो उत्पादकत्वको अवस्थाका विषयमा केही जानकारी अवस्य हुन्छ ।” लामो समय एकै किसिमका बाली लगाउने र माटोको अवस्था नबुझी खेती गर्दा उत्पादन कम हुने उहाँ बताउनुहुन्छ । (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

news3 weeks ago

शेरधन राइले चिनेकै छैन भन्दा बालिका ले ६ बर्ष देखी यौन शोशणको कुरा किन गरिन भन्दा यस्तो बबाल (भिडियो हेर्नुहोस)

Other1 week ago

श्रीमान र ५ बर्षे छोरालाई छोडेर हिडेकी सन्तोषी यस्तो अवस्थामा फेला परिन, बुझ्नै गाह्रो (भिडियो हेर्नुस्)

news2 weeks ago

यिनै हुन् दाङमा भारतीय कार भित्र मृत्यु भएका ३ जना बालक , आखिर कसरी आए ति बालक कार भित्र ? पहिलो पटक शव देख्ने ब्यक्तिले गरे यस्तो खुलाशा (भिडियो हेर्नुस)

Other2 weeks ago

३ महिना देखि पार्किङ्ग गरेको कार भित्र कसरी भेटियो ३ बालकको शव ? बालकको आमाले रुँदै सुनाइन् (भिडियो हेर्नुस्)

Other3 weeks ago

यस्तो छोरो जन्माइस भन्दै तेजेन्द्रले कुटथ्यो भनेर सचिनको आमाले आरोप लाएपछी बाहिरियो अरुपनी कर्तुत (भिडियो सहित)

Copyright © 2017 ostake.