इरानमा कोरोना सङ्क्रमितको संख्या ८ लाख भन्दा बढी
तेहरान ४ मङ्सिर : इरानमा गत २४ घण्टामा १३ हजार २२३ जनामा थप व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएपछि कोरोना सङ्क्रमितको कुल संख्या ८ लाख १५ हजार ११७ पुगेको बिहीबार जनाइएको छ । गत २४ घण्टामा सङ्क्रमित भएको व्यक्ति मध्ये २ हजार ९३८ जनालाई भने अस्पतालमा भर्ना गर्ने पर्ने स्वास्थ्य मन्त्रालयमा महिला प्रवक्ता सिमा सदात लारीले.बताउनु भएको छ ।
इरानमा २४ घण्टा कोरोना भाइरस भाइरस सङ्क्रमणको कारण ४७६ जनाको मृत्यु भएपछि कुल मृतकको संख्या ४३ हजार ४१७ जना पुगेको छ ।
इरानमा कोरोना भाइरस सङ्क्रमित मध्ये ५ लाख ८३ भन्दा बढी निको भएका पनि समाचारमा जनाइएको छ । (रासस ÷सिन्ह्वा)
