Connect with us

युवाले पु¥याउँछन् पीडितको घरघरमै उपचार खर्च

बलेवा, ११ कात्तिक : बागलुङको जैमिनी नगरपालिका वडा नं २ दमेककी तुलसी सापकोटा अर्बुद रोग पीडित हुनुहुन्छ । लामो समयदेखि उपचार गराइरहनुभएका उहाँलाई आर्थिक अभाव भएको छ । उपचारमा लाग्ने खर्च जुटाउन मध्यम परिवारको सदस्य भएकाले उहाँलाई कठिन छ । विभिन्न माध्यमबाट सहयोगको याचना गरिरहनुभएका सापकोटालाई ‘हाम्रो जैमिनी’ नामक संस्थाले आर्थिक सहयोग गरेको छ । संस्थाले विदेशमा रहेका आफ्ना सदस्यले संकलन गरेर पठाएको रकममध्ये रु २५ हजार सापकोटाको उपचारका लागि उपलब्ध गराएको हो ।

जैमिनी– ५ बिनामारेका श्रवण सुनुवार मिर्गौलारो–ग पीडित हुनुहुन्छ । उहाँका दुवै मिर्गाैलाले काम गर्न छाडेपछि उपचार चलिरहेको छ । आर्थिकावस्था कमजोर भएका उहाँलाई पनि समूहले रु २५ हजार सहयोग गरेको छ । जैमिनी –७ जैदीकी कोपिला शर्मा पनि दुवै मिर्गालाले काम गर्न छाडेपछि लामो समयदेखि उपचाररत हुनुहुन्छ । उहाँको समेत आर्थिक अवस्था कमजोर रहेकाले समूहले रु २५ हजार उपचार खर्च सहयोग गरेको समूहका अध्यक्ष छायादत्त चापागाईंले जानकारी दिनुभयो । समूहले विपत् व्यवस्थापन अभियान नै चलाएको छ । अप्ठेरामा परेकालाई आर्थिक र भौतिक दुवै सहयोग गर्ने ध्येयले अभियान सञ्चालन गरिएको चापागाईँले बताउनुभयो । जैमिनी ६ अर्जेवाका अशक्त लालबहादुर नेपाली र बिनामारेका टुहुरा बालकलाई खाद्यान्न तथा नगदसमेत समूहले उपलब्ध गराएको छ ।

‘जैमिनीका देशविदेशमा रहेका युवाको समूह बनाएर सामाजिक सेवाको अभियान चलाइरहेका छौं’ चापागाईंले भन्नुभयो, ‘विदेशमा साथीहरु खाजा खर्च कटाएर जम्मा गर्नुहुन्छ, यहाँ हामी स्वयंसेवी भावले सहयोग गर्छा ।’ समूहले विदेश विभागसमेत बनाएको छ । एउटै समूहका सदस्य गाउँ र विदेशमा रहँदा सहयोगका लागि संकलित रकमको सदुपयोग हुने र आफ्नै उपस्थितिमा सहयोग गरेको अनुभूति हुने गरेको बेलायतमा रहनुभएका समूहका सदस्य रत्नबहादुर क्षत्रीले बताउनुभयो । बाढीपहिरोजस्ता विपत्तिमा परेका, प्राणघातक रोगग्रस्त र अतिविपन्नलाई समूहले सहयोग गर्दै आएको छ । (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.