Connect with us

११ वर्षीया बालिकाको मृत्यु

धरान, १० असोज : बराहक्षेत्र नगरपालिका–१ कटहरेकी ११ वर्षीया एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय दशरत राईकी ११ वर्षीया छोरी मीना राई रहेकी छिन् ।

सबैजना छिमेकीको घरमा धामी बसेको हेर्न गएका बेला ती बालिकाको घरमै मृत्यु भएको इलाका प्रहरी कार्यालय चक्रघट्टीका प्रहरी निरीक्षक पाण्डव राजवंशीले जानकारी दिनुभयो । घटनास्थल वरिपरि रक्सिका बोतल भेटिएको र ती बालिकालाई पनि बोतलले हानेको चोट रहेको उहाँले बताउनुभयो ।
धामी हरेर आमाबुवा राति आउँदा कोठामा बालिका मृतावस्थामा भेटिएको वडा नं १ का वडाध्यक्ष सुरेश श्रेष्ठले जानकारी दिनुभयो । प्रहरी निरीक्षक राजवंशीले घटनाबारे अनुसन्धान भइरहेको र शङ्कास्पद आठ जना युवालाई नियन्त्रणमा लिएर सोधपुछ थालिएको बताउनुभयो । (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.