Connect with us

इटलीको स्थानीय निर्वाचनको नतिजा सार्वजनिक

रोम, ७ असोज : इटलीमा भएको स्थानीय तहको निर्वाचनको नतिजा सार्वजनिक गरिएको छ । कोरोनाभाइरसको महामारीबाट अति प्रभावित मुलुकमा पर्ने इटलीमा गत आइतबार र सोमबार निर्वाचन भएको थियो । देशका २० क्षेत्रमा निर्वाचन भएको र त्यसको भोलिपल्ट मंगलबार निर्वाचनको नतिजा सार्वजनिक भएको हो ।

आन्तरिक मामिला मन्त्रालयले दिएको जानकारी अनुसार देशको क्याम्पनीया, लिगुरिया, मार्चे, पुग्लीया, टुस्कानी, भाल्ले डि ओस्टा र भेनेटोका क्षेत्रहरुमा निर्वाचन भएको हो ।  दुई दिने यस स्थानीय तहको निर्वाचनमा झण्डै एक करोड ८५ लाख मतदाता सहभागी भएको पनि मन्त्रालयले जनाएको छ । निर्वाचनमा सत्तारुढ दल मध्य—दक्षिणपन्थी डेमोक्रेटिक पार्टी र फाइब स्टार मुभमेन्टको गठबन्धनले टुस्कानी, क्याम्पानाीया र पुग्लीयामा विजयी हासिल गरेको छ ।

त्यसैगरी दक्षिणपन्थी विपक्षी दल लिग पार्टीले लिगुरिया र भेनोटोमा जितेको छ । दक्षिणपन्थी अर्को दल ब्रदर अफ इटली मार्चे क्षेत्रमा विजयी भएको छ । इटलीमा गत बसन्त ऋतुकै बेलामा निर्वाचन हुनु पर्ने नियमित तालिका रहेपनि कोरोना महामारीका कारण अहिले मात्र निर्वाचन भएको हो । (रासस-सिन्ह्वा)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.