Connect with us

गोदावरीमा ‘बिजनेस क्लिनिक’ शुभारम्भ

ललितपुर, ३ असोज : गोदावरी उद्योग वाणिज्य सङ्घले व्यापार तथा व्यवसाय पदोन्नतिका लागि ‘बिजनेस क्लिनिक’ सञ्चालनमा ल्याएको छ । गोदावरी नगरपालिका–११ चापागाउँमा रहेको सङ्घ कार्यालयमा आज सो क्लिनिक शुरु गरिएको हो ।

नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले क्लिनिकको उद्घाटन गर्दै यसले नगरभर उद्योग गर्ने वा गरिरहेका व्यक्तिलाई निकै सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यस अवधारणाको सहायताले मानिसमा अब म केही गर्छु भन्ने मनोबल बढाउने छ ।” हरेक मानिसमा केही गरेर पैसा कमाउने सोच हुने हुँदा क्लिनिकले सफलता दिलाउन अहम् भूमिका खेल्ने महर्जनको बुझाइ छ । वडा नं ११ का वडाध्यक्ष नीलबहादुर देशारले चापागाउँ ललितपुरको तीन गाउँपालिकाका साथै गोदावरीको समेत मुख्य बिन्दु रहँदा क्लिनिकको प्रयोग ललितपुरको चार पालिकाका वासिन्दाले सजिलै पूर्णरुपमा गर्न सक्ने भनाइ राख्नुभयो । गोदावरी इकोनमी फोरमका संयोजक डा रघुवीर विष्टले गोदावरीमा थुप्रै स्रोतसाधन रहँदा यसको विकासमा क्लिनिकले ज्ञान आदानप्रदान गर्न र अन्योल हटाउन मद्दत गर्ने दाबी गर्नुभयो ।

सङ्घका अध्यक्ष जगनाथ महर्जनले विभिन्न कारणवश व्यवसायमा समस्या भोगिरहेका वा अझ यसलाई थप माथि पु¥याउन चाहने व्यक्तिलाई सम्पर्क गरेर अघि बढ्न अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “हामीसँग व्यवसाय सम्बन्धित विज्ञ हुँदा छलफल गरेर व्यापारमा अघि बढ्नु नै फलदायी हुनेछ ।” क्लिनिकमा कानूनविद्, व्यवस्थापन परामर्शदाता, चार्टर्ड एकाउन्टेन्ट र बजार विशेषज्ञले राय र सल्लाह दिने व्यवस्था गरिसकेको महर्जनले जानकारी गराउनुभयो । (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.