Connect with us

कोरोनासँग जुध्न नेपाललाई बेलायतद्वारा थप आर्थिक सहयोग

लण्डन, २५ जेठ  :बेलायत सरकारले नेपालमा बढ्दै गइरहेको कोरोना सङ्क्रमणसँग जुध्न थप आर्थिक सहयोगको घोषणा गरेको छ । बेलायती सरकारले डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलपमेन्ट (डिफिड) मार्फत उक्त सहयोग गरेको हो । डिफिडले कोरोना सङ्क्रमणको न्यूनीकरण र उपचारका लागि यसअघि ८२ लाख पाउण्ड दिइसकेकामा यसलाई बढाएर अहिले एक करोड पाउण्ड पुर्याएको छ ।

हरेक वर्ष नियमित सहयोग गर्ने डिफिडले भूकम्पका बेला जस्तै यसपटक पनि अलि बढी सहयोग गरेको लण्डनस्थित नेपाली राजदूतावासको भनाइ छ । नेपाल र बेलायतको कूटनीतिक सम्बन्ध भएको २०५ वर्ष पुगेको छ । कोरोना महामारीका लागि थप सहयोगको अपेक्षा दूतावासले गरेको थियो । अहिले थप आर्थिक सहयोग प्राप्त भएको र गोरखा वेलफेयर ट्रष्टलगायत संस्थाले यहाँ रहेका गोरखा सैनिकलाई आवश्यक सहयोग पनि गरिरहेको दूतावासका प्रवक्ता शरदराज आरण बताउनुहुन्छ ।

अहिले घोषणा गरेको थप आर्थिक सहयोगका लागि डिफिडले नेपाललगायत केही विकासोन्मुख राष्ट्रहरूलाई एकमुष्ट १० करोड पाउण्ड छुट्याएको छ । डिफिडले हालसम्म कोरोना रोकथामका लागि विश्वभर सहयोग गर्न अहिलेको सहयोगसहित ८४ करोड ४० लाख पाउण्ड निकासा गरिसकेको छ ।(रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Climate2 weeks ago

सुस्मिताको ज्यान लिने ससुरा र नन्द र आमाजु सार्वजनीक,सुन्दा आङ नै सिरिङ्ग हुन्छ कसरी सास गयो होला (भिडियो)

Other2 weeks ago

२८ वर्षीया युवतीले १३० पुरुषसँग शररिरिक सम्बन्ध राखेपछि कस्तो भयो होला ? उनको अनुभव यस्तो (भिडियो हेर्नुहोस्)

Entertainment2 weeks ago

छोरी भनिभनि आफूमाथि भुवनले यौन दुर्व्यवहार गरेकै हो,गलत नियतले छोएको पनि हो साम्राज्ञीको आरोप (भिडियो हेर्नुहोस)

Other4 weeks ago

सलमानलाई लाग्यो यस्तो आ,रोप,सुशान्तले यस्तो गर्नुमा सलमानको हाथ,एकपछी अर्को पोल खोलिदै (भिडियो हेर्नुहोस )

Other4 weeks ago

नवराज बिककी प्रेमिका भनिएकी युवतिले दिइन यस्तो बयान्,कसरी यस्तो भयो सुन्ने सब चकित (भिडियो हेर्नुहोस )

Copyright © 2017 ostake.