Connect with us

प्रेमिकाले मेरो पेटमा तिम्रो बच्चा छ मेरो अन्तै बिवाह गरिदिन लागे भनेपछी प्रेमिका लिन गएका नवराज कहिले नफर्कनेगरी गए (भिडियो हेर्नुहोस)

कर्णाली प्रदेशको जाजरकोटका २० वर्षीय नवराज बिकले जातीय विभेद र अन्तरजातीय प्रेम सम्बन्ध कै कारण ज्यान गुमाउनु परेको छ । उनलाई जन्ती बनेर साथ दिन गएका अन्य दुई साथीको पनि ज्यान गएको छ । परिवारकै एक्ला छोरा नवराजको निधनले उनको परिवार विछिप्त बनेको छ । वेहुली लिन गएको छोरा नदिको वगरमा मृत फेला परेपछि भेरी नगरपालिका ४, रानागाउँकी उर्मिला विश्वकर्माको (नवराजकी आमा) वेहोस जस्तै भएकी छन् । छोरालाई साथ दिन गएका नवराजका दुई साथीको पनि त्यस्तै अवस्था भएको छ ।

यो घटनाले अहिले रुकुम शोकमा डुवेको छ । श्रीमान मोहनलाल अस्वस्थ्य भएका कारण उनी आफ्नो दैनिकी काम पनि गर्न सक्दैनन् । एक्लै ४ सन्तान हुर्काएकी उर्मिलाको अहिले संसार उजाडीएको छ । जेठी छोरीको विवाह भइसकेको छ । तीन सन्तानको भविष्यको निन्तामा थिइन् । छोरा नवराज मात्र हुन् । उनै जवान छोरालाई चुडेर लगेपछि उनको संसार उजाडिएको हो । समाजमा अग्रणी भूमिका खेल्ने उनका छोराको राम्रै इज्जत थियो । उनले नवराजको प्रेमिका घरमा आउँदा सुरुमा त कोही साथी होला भनेर वास्ता गरेकी थिइनन् । भिडियो हेर्नुहोस

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.