Connect with us

भोजपुरलाई नमूना जिल्ला बनाउन लागि परे मुख्यमन्त्री राई, रङ्गशाला र पक्की पुलको शिलान्यास

भोजपुुर, १ मङ्सिर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र सङ्घीय सांसद सुदन किरातीले पक्की पुल र रङ्गशालाको आज एक साथ उद्घाटन गर्नुभएको छ । पिखुवा खोलामा रु छ करोड बढी लागतमा बन्ने पक्की पुलको शिलान्यास गरिएको हो । यसले भोजपुर नगरपालिका–१२ र राप्रसादराई गाउँपालिकाको मानेभञ्याङ जोड्ने छ । त्यस्तै आज नै भोजपुर रङ्गशालाको पनि शिलान्यास गरिएको छ । रङ्गशाला प्रदेश नं १ शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाको रु १४ करोड पाँच लाख लागतमा निर्माण हुने भएको हो । रङ्गशाला विसं २०८० सालसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । कार्यक्रममा मुख्यमन्त्री राईले भोजपुरलाई नमूना जिल्ला बनाउन आफू लागि परेको बताउनुभयो । उहाँले विकासको पूर्वाधार मुख्य आधार सडक रहेकाले आफ्नो कार्यकालमा १३ वटा पक्की पुल निर्माण गर्ने गरी काम भइरहेको जानकारी दिनुभयो ।

विकास निर्माणका लागि बजेट अभाव नरहेको उल्लेख गर्दै उहाँले कामलाई प्रभावकारी ढङ्गले सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । राईले भन्नुभयो, “हामीसँग बजेटको अभाव छैन, तर थालिएका काम प्रभावकारी र गुणस्तरीय ढङ्गले सम्पन्न गराउनु आजको चुनौती हो, यसमा स्थानीय सरकारले ध्यान दिन आवश्यक छ ।” पुललाई समयमै गुणस्तरीय ढङ्गले सम्पन्न गराउन पहल गर्ने पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले बताउनुभयो । पक्की पुल नहुँदा खोलाबाटै सवारीसाधन तार्नु पर्दा निकै सास्ती हँुदै आएको थियो । रामप्रसाद राई, आमचोक र हतुवागढी गाउँपालिकालाई जोड्ने सो मुख्य सडकखण्ड हो । पुल निर्माण सम्झौताअनुसार दुई वर्ष अर्थात विसं २०७८ असारसम्म सम्पन्न गरिसक्नुपर्नेछ । निर्माणको जिम्मा मार्सेली निर्माण सेवाले लिएको छ । (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Entertainment4 hours ago

प्रियंकाले टिक्छ लाई च बाट आउने शब्द भनिन अञ्जलीले फेसबुक स्टाट्स बुझिनन,ट्रोलको शिकार भएका नायिकाहरु (भिडियो हेर्नुहोस)

Entertainment9 hours ago

नाम होस गुमनाम नहोस्,चर्चाको भोक कती सम्म,मिडियामा छाउन यस्तो सम्म हुन्छ नाटक (भिडियो हेर्नुहोस)

Other10 hours ago

भुवनको एउटा ‘स्टाटस’ले निम्त्याएको विवाद,एक निर्देशक युवराज लामाले भुवनको समर्थनमा भने ‘हिरोइन भएर यति त सहनुपर्छ'(भिडियो हेर्नुहोस)

Other11 hours ago

युवराज लामाले”हिरोइन भएपछि यति त सहनुपर्छ”भनेपछी स्वस्तिमाले दिइन मुख भरिको जवाफ (भिडियो हेर्नुहोस)

Entertainment1 day ago

पुजाले आफ्नै कमाईले काठमाडौंमा घर ठड्याउँदै,कुन चलचित्र बाट कती कमाइन पुजाले नालिबेली (भिडियो हेर्नुहोस)

Other4 weeks ago

लामो समय सम्म सँगै बसेकी प्रेमिका अंकिताले जव सुशान्तको दु:खद खबर थाहा पाइन् तब…(भिडियो हेर्नुहोस)

Other4 weeks ago

सुशान्त सिंह राजपुतले देहत्याग गर्नु अघी बितिसकेकी आफ्नि आमालाई सम्झेर यस्तो पोस्ट गरेका थिए (भिडियो हेर्नुहोस)

Other4 weeks ago

कैलालीमा क्वारेन्टाइनमै भयो सामुहिक नराम्रो,सन्चोछैन दाइ छोड्दिनुस भन्दा पनि छोडेनन् मलाई लुटे (भिडियो हेर्नुहोस्)

Climate2 weeks ago

सुस्मिताको ज्यान लिने ससुरा र नन्द र आमाजु सार्वजनीक,सुन्दा आङ नै सिरिङ्ग हुन्छ कसरी सास गयो होला (भिडियो)

Other1 week ago

२८ वर्षीया युवतीले १३० पुरुषसँग शररिरिक सम्बन्ध राखेपछि कस्तो भयो होला ? उनको अनुभव यस्तो (भिडियो हेर्नुहोस्)

Copyright © 2017 ostake.