Connect with us

चितुवा नियन्त्रणका लागि परम्परागत खोर बनाउने चार जनालाई नगदसहित सम्मान

दमौली, १ मङ्सिर : तनहुँको भानु नगरपालिकाका विभिन्न वडामा बालबालिकालाई आक्रमण गर्ने चितुवा नियन्त्रणका लागि परम्परागत काठको खोर बनाउनेलाई नगरपालिका र डिभिजन वन कार्यालयले नगदसहित सम्मान गरेको छ । काठको खोरको सहयोगमा तीन चितुवा नियन्त्रणमा आएपछि नगरपालिका र वनले प्रोत्साहन स्वरुप परम्परागत खोर बनाउने चार जनालाई आज नगदसहित सम्मान गरेको हो । सम्मानित हुनेमा वडा नं २ फुस्रेटारका हरिभक्त ढकाल र वडा नं ३ का मनबहादुर राना रहनुभएको छ । ढकाललाई रु १० हजार र रानालाई रु पाँच हजार तथा प्रमाणपत्रले सम्मान गरिएको छ । त्यस्तै खोर बनाउन ढकाललाई सहयोग गर्ने वडा नं २ का रसबहादुर कुमाल र रानालाई सहयोग गर्ने वडा नं ३ का हिराबहादुर कुमाललाई जनही रु दुई हजार ५०० तथा प्रमाणपत्रले सम्मान गरिएको छ । उहाँहरुलाई प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, नगर प्रमुख उदयराज गौली, डिभिजन वन कार्यालयका प्रमुख केदार बराल लगायतले सम्मान गर्नुभएको थियो ।

सोही कार्यक्रममा काठको खोर निर्माणका लागि सहयोग पुयाउने देउराली सामुदायिक वन, कालिका सामुदायिक वन, मिनेश्वरी सामुदायिक वन, भिमसेनथुम्की सामुदायिक वन र मजुवा ओख्ले सामुदायिक वनलाई पनि नगदसहित सम्मान गरिएको थियो । ती सामुदायिक वनलाई प्रति खोर रु पाँच÷पाँच हजार र मजुवा ओख्ले सामुदायिक वनलाई रु १० हजारसहित सम्मान गरिएको छ । डेढ वर्षको अवधिमा सो नगरपालिकाका वडा नं १, २, ३ र ४ मा चितुवाको आक्रमणबाट छ बालबालिकाको मृत्यु भएपछि चितुवा नियन्त्रणमा लिन विभिन्न प्रयास भएका थिए ।

अन्य सामुदायिक वनमा समेत परम्परागत काठको खोर निर्माण शुरु गरिएको थियो । हाल यहाँका पाँच सामुदायिक वनमा छ परम्परागत काठका खोर चितुवा नियन्त्रणका लागि राखिएको छ । चितुवा नियन्त्रणका लागि अपनाइएका सबै उपायमध्ये परम्परागत काठको खोर सबैभन्दा बढी प्रभावकारी देखिएको डिभिजन वन प्रमुख बरालले बताउनुभयो । उहाँका अनुसार नगद पुरस्कारका लागि कार्यालयबाट रु २५ र नगरपालिकाबाट रु २५ हजार उपलब्ध गराइएको थियो । चितुवा नियन्त्रणका लागि गण्डकी प्रदेश सरकारबाट रु ३० लाख विनियोजन भए पनि हालसम्म निकासा नभएकोले आन्तरिक स्रोतबाट बजेट जुटाएर उहाँहरुलाई सम्मानित गरिएको बरालले जानकारी दिनुभयो ।  (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Entertainment5 hours ago

प्रियंकाले टिक्छ लाई च बाट आउने शब्द भनिन अञ्जलीले फेसबुक स्टाट्स बुझिनन,ट्रोलको शिकार भएका नायिकाहरु (भिडियो हेर्नुहोस)

Entertainment10 hours ago

नाम होस गुमनाम नहोस्,चर्चाको भोक कती सम्म,मिडियामा छाउन यस्तो सम्म हुन्छ नाटक (भिडियो हेर्नुहोस)

Other11 hours ago

भुवनको एउटा ‘स्टाटस’ले निम्त्याएको विवाद,एक निर्देशक युवराज लामाले भुवनको समर्थनमा भने ‘हिरोइन भएर यति त सहनुपर्छ'(भिडियो हेर्नुहोस)

Other12 hours ago

युवराज लामाले”हिरोइन भएपछि यति त सहनुपर्छ”भनेपछी स्वस्तिमाले दिइन मुख भरिको जवाफ (भिडियो हेर्नुहोस)

Entertainment1 day ago

पुजाले आफ्नै कमाईले काठमाडौंमा घर ठड्याउँदै,कुन चलचित्र बाट कती कमाइन पुजाले नालिबेली (भिडियो हेर्नुहोस)

Other4 weeks ago

लामो समय सम्म सँगै बसेकी प्रेमिका अंकिताले जव सुशान्तको दु:खद खबर थाहा पाइन् तब…(भिडियो हेर्नुहोस)

Other4 weeks ago

सुशान्त सिंह राजपुतले देहत्याग गर्नु अघी बितिसकेकी आफ्नि आमालाई सम्झेर यस्तो पोस्ट गरेका थिए (भिडियो हेर्नुहोस)

Other4 weeks ago

कैलालीमा क्वारेन्टाइनमै भयो सामुहिक नराम्रो,सन्चोछैन दाइ छोड्दिनुस भन्दा पनि छोडेनन् मलाई लुटे (भिडियो हेर्नुहोस्)

Climate2 weeks ago

सुस्मिताको ज्यान लिने ससुरा र नन्द र आमाजु सार्वजनीक,सुन्दा आङ नै सिरिङ्ग हुन्छ कसरी सास गयो होला (भिडियो)

Other1 week ago

२८ वर्षीया युवतीले १३० पुरुषसँग शररिरिक सम्बन्ध राखेपछि कस्तो भयो होला ? उनको अनुभव यस्तो (भिडियो हेर्नुहोस्)

Copyright © 2017 ostake.