Connect with us

सी भ्रमणमा सुरक्षा व्यवस्था उत्कृष्ट : नेपाल प्रहरी

काठमाडौँ, २८ असोज : नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले चीनका राष्ट्रपति सी चिनफिङको दुईदिने भ्रमणको सुरक्षा व्यवस्थापन उत्कृष्ट भएको बताउनुभएको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा निमित्त प्रहरी महानिरीक्षक कार्कीले भन्नुभयो, “प्रधानमन्त्री, गृहमन्त्री एवं चीन सरकारले समेत नेपाल प्रहरीले निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गरिएको छ, यसको हकदार सङ्गठन प्रमुखदेखि सबै दर्जाका प्रहरी कर्मचारी हुन् ।”

सुरक्षामा सफल व्यवस्थापनको प्राप्त अनुभवबाट आगामी दिनमा अझै उत्कृष्ट तरिकाले अगाडि बढ्न हौसला मिलेको उहाँले बताउनुभयो । जुनसुकै अपराधविरुद्ध कठोरतापूर्वक प्रस्तुत हुनपर्नेमा जोड दिँदै कार्कीले समाजमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न कानुनी कठोरता र विवेकपूर्ण निर्ममता अपनाइ अगाडि बढ्न निर्देशनसमेत दिनुभयो । चाडपर्वका बेला हुने विभिन्न आपराधिक गतिविधि हुन नदिन प्रहरी थप सक्रिय र जिम्मेवार बन्नुपर्ने उहाँको भनाइ थियो ।  (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Other3 weeks ago

आफु भन्दा सानो उमेरको प्रेमि सँग मिलेर श्रिमतिले श्रिमानको ज्यान नै लिईन,राती प्रेमीलाई घरमा बोलाएर (भिडियो हेर्नुहोस)

Other2 weeks ago

प्रेमिकाले मेरो पेटमा तिम्रो बच्चा छ मेरो अन्तै बिवाह गरिदिन लागे भनेपछी प्रेमिका लिन गएका नवराज कहिले नफर्कनेगरी गए (भिडियो हेर्नुहोस)

Other4 weeks ago

नायिका सुहाना थापा आजबाट २३बर्ष लागिन,मम्मी झरना थापाले भनिन गुडिया रानी(भिडियो हेर्नुहोस)

Other1 week ago

नवराजको प्रेमिका भनिएकी सुष्मा मल्ल पहिलो पटक बोलीन्,सोच्दै नसोचेको यस्तो रहस्य बहिरियो (भिडियो हेर्नुहोस)

Other4 weeks ago

राजेश हमालाई यो उमेरमा बाबु बन्ने रहर आएपछी मधुसँग समय बिताउदै राम्रो खाना खादै ब्यायाम गर्दै(भिडियो हेर्नुस)

Copyright © 2017 ostake.