Connect with us

सुर्खेत–हिल्सा सडक निर्माणमा चीनले सहयोग गर्ने : मन्त्री ज्वाला

वीरेन्द्रनगर, २८ असोज : कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले सुर्खेत–हिल्सा सडक आयोजना निर्माणका लागि चीनले सहयोग गर्ने बताउनुभएको छ । नीतिगत रुपमा चीनले सहयोग गर्ने गरी आयोजना निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । वीरेन्द्रनगरमा आज पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री ज्वालाले चीनका राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणले कर्णालीको विकासमा अवसरको ढोका खोलेको बताउनुभयो । “सुर्खेत–हिल्सा सडक निर्माण कर्णाली सरकार गठनसँगैको प्रतिबद्धता हो”, उहाँले भन्नुभयो, “यस विषयमा हामीले सङ्घीय सरकारसँग पनि कुरा राख्दै आएका थियौँ ।”

सडक निर्माणका लागि चाइना रेल्वे कम्पनीसँग सम्झौता भइसकेको मन्त्री ज्वालाले बताउनुभयो । सुर्खेतदेखि हिल्सासम्म निर्माण गर्न लागिएको सो सडकको लम्बाइ ४०३ किमी छ । रु ५० अर्बको लागतमा उक्त आयोजना निर्माण गरिने उहाँले बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सिबीचको भेटवार्तामा सुर्खेत–हिल्सा सडक निर्माणको विषयलाई पनि उठाएको हुँदा निर्माण गर्न सहयोग हुने निश्चित भएको मन्त्री ज्वालाले बताउनुभयो । सम्झौताले सम्भावनाको ढोका खुलेको भन्दै मन्त्री ज्वालाले यसलाई कर्णाली सरकारले अति प्राथमिकता दिएर अघि बढेको बताउनुभयो । “यसलाई सुर्खेत–हिल्सा फास्ट ट्र्याकको रुपमा विकास गर्छा”, उहाँले भन्नुभयो ।  (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Climate2 weeks ago

सुस्मिताको ज्यान लिने ससुरा र नन्द र आमाजु सार्वजनीक,सुन्दा आङ नै सिरिङ्ग हुन्छ कसरी सास गयो होला (भिडियो)

Other2 weeks ago

२८ वर्षीया युवतीले १३० पुरुषसँग शररिरिक सम्बन्ध राखेपछि कस्तो भयो होला ? उनको अनुभव यस्तो (भिडियो हेर्नुहोस्)

Entertainment2 weeks ago

छोरी भनिभनि आफूमाथि भुवनले यौन दुर्व्यवहार गरेकै हो,गलत नियतले छोएको पनि हो साम्राज्ञीको आरोप (भिडियो हेर्नुहोस)

Other4 weeks ago

सलमानलाई लाग्यो यस्तो आ,रोप,सुशान्तले यस्तो गर्नुमा सलमानको हाथ,एकपछी अर्को पोल खोलिदै (भिडियो हेर्नुहोस )

Other4 weeks ago

नवराज बिककी प्रेमिका भनिएकी युवतिले दिइन यस्तो बयान्,कसरी यस्तो भयो सुन्ने सब चकित (भिडियो हेर्नुहोस )

Copyright © 2017 ostake.