Connect with us

सीको नेपाल भ्रमणले नेपालका लागि बहुआयामिक उपलब्धि हासिल भएको छ : मन्त्री बाँस्कोटा

काठमाडौँ, २८ असोज : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण ऐतिहासिक र फलदायी भएको बताउनुभएको छ । सञ्चार केन्द्र नेपालले आज यहाँ आयोजना गरेको ‘चिनियाँ राष्ट्रपति सीको भ्रमण, उपलब्धि र कार्यान्वयनका चुनौती’ विषयक अन्तरक्रियामा उहाँले सीको भ्रमणले मुलुकको विकास सम्भावनाको ढोकासमेत खुलेको बताउनुभयो । “सीको नेपाल भ्रमणले नेपालका लागि बहुआयामिक उपलब्धि हासिल भएको छ”, उहाँले भन्नुभयो, “अब योजनाहरु कार्यान्वयनका तहमा जानेछन्, यसबाट अबका केही वर्षभित्र नेपालको सम्पूर्ण अर्थतन्त्र, उत्पादन क्षेत्र, बहुआयामिक सामाजिक–आर्थिक रूपान्तरणलाई अघि बढाउनेछ ।”

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले सीको भ्रमणले नेपालभित्र र बाहिर उल्लेखनीय छापहरु छाडेर गएकोसमेत धारणा राख्नुभयो । “यो भ्रमणलाई आम नागरिक, सबै राजनीतिक दल र नेपालको भलो चिताउने सबैले हार्दिक स्वागत र समर्थन गरेको एउटा स्थिति देखा परेको छ”, उहाँले भन्नुभयो, “भ्रमणले नेपाल र चीनबीचको विकास निर्माणका योजनामा, सुख र समृद्धिका अभियानमा हामी साथै रहन्छौँ भन्ने सन्देश दिएको छ ।” उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको नेपाल भूपरिवेष्ठितबाट भूजडित राष्ट्रको रूपमा लैजाने योजनामा चीनका राष्ट्रपतिले हौसला प्रदान गरेको बताउनुभयो । चीन र दक्षिण एशियासित अब हिमालयमा मानवीय पुल मात्र नभई भौतिक पुलसमेत स्थापित हुनु सुखद पक्ष रहेको उहाँको भनाइ थियो । (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Other3 weeks ago

आफु भन्दा सानो उमेरको प्रेमि सँग मिलेर श्रिमतिले श्रिमानको ज्यान नै लिईन,राती प्रेमीलाई घरमा बोलाएर (भिडियो हेर्नुहोस)

Other2 weeks ago

प्रेमिकाले मेरो पेटमा तिम्रो बच्चा छ मेरो अन्तै बिवाह गरिदिन लागे भनेपछी प्रेमिका लिन गएका नवराज कहिले नफर्कनेगरी गए (भिडियो हेर्नुहोस)

Other4 weeks ago

नायिका सुहाना थापा आजबाट २३बर्ष लागिन,मम्मी झरना थापाले भनिन गुडिया रानी(भिडियो हेर्नुहोस)

Other1 week ago

नवराजको प्रेमिका भनिएकी सुष्मा मल्ल पहिलो पटक बोलीन्,सोच्दै नसोचेको यस्तो रहस्य बहिरियो (भिडियो हेर्नुहोस)

Other4 weeks ago

राजेश हमालाई यो उमेरमा बाबु बन्ने रहर आएपछी मधुसँग समय बिताउदै राम्रो खाना खादै ब्यायाम गर्दै(भिडियो हेर्नुस)

Copyright © 2017 ostake.