Connect with us

स्थानीयवासीको जनश्रमदानबाट विद्यालय भवन निर्माण

बागलुङ, २४ असोज : जनश्रमदान र निजी स्रोतबाट यहाँको एक विद्यालय भवनमा चार कोठा थप गरिएको छ । गलकोट नगरपालिका–७ मल्मस्थित जनहित माविले बाहिरी सहयोगबिनानै कक्षाकोठा निर्माण गरेको हो । रु २० लाख खर्चेर कक्षा कोठा बनाइएको निर्माण समितिका अध्यक्ष ज्ञानबहादुर थापाले बताउनुभयो । “रु सात लाख बराबरको जनश्रमदान परेको छ, बाँकी रकम विद्यालयको आफ्नै स्रोतबाट खर्च भएको छ”, उहाँले भन्नुभयो । कक्षा ११ सञ्चालनका लागि कक्षा कोठा अभाव भएपछि स्थानीयवासी पूर्वाधार थप्न कस्सिएका थिए । पुरानो एकतले पक्की भवनको माथि कोठा थप गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो । कक्षा कोठा निर्माणमा स्थानीय सीप र स्रोतसाधनको प्रयोग गरिएको छ । गाउँका प्रत्येक घरबाट तीन दिनका दरले सहयोग गरिएको थियो । तीसभन्दा बढी घरधुरीले निर्माणमा चाहिने काठ निःशुल्क उपलब्ध गराएका थिए ।

“काठ, ढुङ्गासँगै धेरैको श्रम पनि परेको छ”, अध्यक्ष थापाले भन्नुभयो, “निर्माण पूरा भएर कक्षा सञ्चालनको तयारी भइरहेको छ ।” तत्कालै कक्षा कोठा चाहिने भएपछि कुनै दाता नकुरी विद्यालय आफैँ निर्माण कार्यमा जुटेको थियो । नयाँ कोठा थप भएपछि पठनपाठनमा सहज भएको विद्यालयका प्रअ देवबहादुर खत्रीले बताउनुभयो । “पूर्वाधार निर्माणमा व्यवस्थापन समिति, अभिभावक खटिएर लाग्नुभएको छ”, उहाँले भन्नुभयो, “अझै थप कक्षा कोठाको आवश्यकता छ ।” पुनःनिर्माण प्राधिकरणमार्फत चारकोठे नयाँ भवन निर्माणका लागि पहल भइरहेको विद्याललयले जनाएको छ । विसं २०२१ सालमा खुलेको विद्यालयलले यही वर्षदेखि कक्षा ११ को पढाइ शुरु गरेको छ । विद्यालयमा १८० जना विद्यार्थी अध्ययनरत् छन् ।

कक्षा पाँचसम्म अङ्ग्रेजी माध्यमबाट पढाइ हुने गरेको प्रअ खत्रीले बताउनुभयो । उक्त कक्षासम्मका बालबालिकाको पठनपाठन सहज बनाउन दिवा खाजाकोसमेत व्यवस्था छ । अङ्ग्रेजी माध्यमबाट पढाउन थालेपछि यो शैक्षिक सत्रमा ६० भन्दा बढी विद्यार्थी थप भएका थिए । कतिपय संस्थागत (निजी) विद्यालय छाडेर आउने पनि छन् । विद्यालयले कक्षा दशसम्मै अङ्ग्रेजी माध्यममा पढाउने तयारी गरेको छ । भौतिक पूर्वाधारसँगै शैक्षिक गुणस्तर सुधारमा योजना बनाएर काम थालिएको व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर थापाले बताउनुभयो । समितिले सामुदायिक विद्यालयमा विद्यार्थी र अभिभावकको आकर्षण बढाउन घरदैलो अभियानसमेत चलाएको थियो । (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Other3 weeks ago

आफु भन्दा सानो उमेरको प्रेमि सँग मिलेर श्रिमतिले श्रिमानको ज्यान नै लिईन,राती प्रेमीलाई घरमा बोलाएर (भिडियो हेर्नुहोस)

Other2 weeks ago

प्रेमिकाले मेरो पेटमा तिम्रो बच्चा छ मेरो अन्तै बिवाह गरिदिन लागे भनेपछी प्रेमिका लिन गएका नवराज कहिले नफर्कनेगरी गए (भिडियो हेर्नुहोस)

Other4 weeks ago

नायिका सुहाना थापा आजबाट २३बर्ष लागिन,मम्मी झरना थापाले भनिन गुडिया रानी(भिडियो हेर्नुहोस)

Other1 week ago

नवराजको प्रेमिका भनिएकी सुष्मा मल्ल पहिलो पटक बोलीन्,सोच्दै नसोचेको यस्तो रहस्य बहिरियो (भिडियो हेर्नुहोस)

Other4 weeks ago

राजेश हमालाई यो उमेरमा बाबु बन्ने रहर आएपछी मधुसँग समय बिताउदै राम्रो खाना खादै ब्यायाम गर्दै(भिडियो हेर्नुस)

Copyright © 2017 ostake.