Connect with us

बजार अनुगमनमा पाँच लाख बराबरको म्याद नाघेको अखाद्य वस्तु फेला

डोटी, १२ असोज : जिल्लामा दशैँ, तिहारलगायतका चाडपर्वमा अखाद्य वस्तु बिक्री वितरण नहोस् भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय डोटीको अगुवाइमा शनिबार बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय, दिपायल सिलगढी नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उद्योग वाणिज्य सङ्घ, नेपाल प्रहरी, सशस्त्र प्रहरी, उपभोक्ता अधिकार मञ्च, पत्रकारसहितको टोलीले शनिबार दिपायलको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा छड्के अनुगमन गरेको हो ।

अनुगमनका क्रममा दिपायलको पिपल्ला बजारमा रहेको दिल्पेश्वर जनरल स्टोरमा करीब रु पाँच लाख बराबरको म्याद नाघेको अखाद्य वस्तु फेलापरेको अनुगमनमा गएका दिपायल सिलगढी नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत भोजराज शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “करीब पाँच लाखबराबरको अखाद्य वस्तु हामीले फेला पारी जफत गरेका छौँ, कानूनी प्रक्रियाअनुसार नष्ट गर्छौँ ।”

दिपायलको पिपल्ला बजारमा अखाद्य वस्तु बिक्री वितरण हुन थालेको खबर व्यापकरूपमा आउन थालेपछि टोलीले बजारमा छड्के अनुगमन गरेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो । बजार अनुगमनका क्रममा टोलीले करीब लाखौँ मूल्यका बिस्कुट, चाउचाउ, दालमोट, विभिन्न मसला आइटम, जुस, चक्लेट, गुल्कोजसहितका अखाद्य वस्तु फेला पारेको अनुगमन समितिका सदस्य तथा जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताउनुभयो ।

उपभोक्ताहरु अखाद्य वस्तु प्रयोग नगरुन भन्ने उद्देश्यले आफूहरु अहिले निकै सुक्ष्मरुपमा खाद्य तथा दैनिक उपभोग्य वस्तुको जाँच गर्न लागेको खाद्य प्रविधि तथा गण नियन्त्रण डिभिजन कार्यालय डोटीका प्रमुख नारायण रावतले बताउनुभयो । जिल्लामा वर्षेनी ठूलोमात्रामा अखाद्य वस्तु विक्री वितरण हुँदै आएको छ । यहाँको बजार क्षेत्रमा खासै उक्त अखाद्य वस्तु बिक्री वितरण नहुने गरे पनि यहाँका ठूलो डिलर व्यापारीहरुले गाउँघरमा उक्त म्याद सकिएको अखाद्य वस्तु बिक्री वितरणका लागि पठाउने गरेको स्थानीयवासीको आरोप छ । (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Entertainment5 hours ago

प्रियंकाले टिक्छ लाई च बाट आउने शब्द भनिन अञ्जलीले फेसबुक स्टाट्स बुझिनन,ट्रोलको शिकार भएका नायिकाहरु (भिडियो हेर्नुहोस)

Entertainment11 hours ago

नाम होस गुमनाम नहोस्,चर्चाको भोक कती सम्म,मिडियामा छाउन यस्तो सम्म हुन्छ नाटक (भिडियो हेर्नुहोस)

Other11 hours ago

भुवनको एउटा ‘स्टाटस’ले निम्त्याएको विवाद,एक निर्देशक युवराज लामाले भुवनको समर्थनमा भने ‘हिरोइन भएर यति त सहनुपर्छ'(भिडियो हेर्नुहोस)

Other13 hours ago

युवराज लामाले”हिरोइन भएपछि यति त सहनुपर्छ”भनेपछी स्वस्तिमाले दिइन मुख भरिको जवाफ (भिडियो हेर्नुहोस)

Entertainment1 day ago

पुजाले आफ्नै कमाईले काठमाडौंमा घर ठड्याउँदै,कुन चलचित्र बाट कती कमाइन पुजाले नालिबेली (भिडियो हेर्नुहोस)

Other4 weeks ago

लामो समय सम्म सँगै बसेकी प्रेमिका अंकिताले जव सुशान्तको दु:खद खबर थाहा पाइन् तब…(भिडियो हेर्नुहोस)

Other4 weeks ago

सुशान्त सिंह राजपुतले देहत्याग गर्नु अघी बितिसकेकी आफ्नि आमालाई सम्झेर यस्तो पोस्ट गरेका थिए (भिडियो हेर्नुहोस)

Other4 weeks ago

कैलालीमा क्वारेन्टाइनमै भयो सामुहिक नराम्रो,सन्चोछैन दाइ छोड्दिनुस भन्दा पनि छोडेनन् मलाई लुटे (भिडियो हेर्नुहोस्)

Climate2 weeks ago

सुस्मिताको ज्यान लिने ससुरा र नन्द र आमाजु सार्वजनीक,सुन्दा आङ नै सिरिङ्ग हुन्छ कसरी सास गयो होला (भिडियो)

Other1 week ago

२८ वर्षीया युवतीले १३० पुरुषसँग शररिरिक सम्बन्ध राखेपछि कस्तो भयो होला ? उनको अनुभव यस्तो (भिडियो हेर्नुहोस्)

Copyright © 2017 ostake.