Connect with us

पर्यटकीय क्षेत्र महेन्द्र र चमेरे गुफामा निःशुल्क वाइफाइ सेवा शुरु

चिप्लेढुङ्गा, ८ असोज : प्रविधिसँग शहरलाई जोड्ने क्रमसँगै पोखराको पर्यटकीय क्षेत्र महेन्द्र गुफा तथा चमेरे गुफामा निःशुल्क वाइफाइ सेवा शुरु गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने उक्त गुफा घुम्न आउने पर्यटकको सहजताका लागि वाइफाइ सुविधा राखिएको महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिका संयोजक गुरुदत्त भट्टराईले जानकारी दिनुभयो । विन्ध्यवासिनी माविको संरक्षण तथा स्वामित्वमा रहेका दुवै गुफामा सेवा शुरु गरेको उहाँले बताउनुभयो । पोखरा महानगरपालिका–१६ का वडाध्यक्ष जीवनप्रसाद आचार्यले वाइफाइ सेवाले गुफा क्षेत्रको थप प्रचार हुने र बढीभन्दा बढी पर्यटकका बीचमा पुग्न सकिने विश्वास व्यक्त गर्नुभयो । उहाँले गुफाको गुरुयोजनालाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै थप आर्कषण बढाउन सके पर्यटकको सङ्ख्यामा वृद्घि हुने धारणा राख्नुभयो ।

गुरुयोजना निर्माण उपसमितिका सल्लाहकार उदयबहादुर बस्नेतले पर्यटकीयस्थलमा प्रविधिको प्रयोग आवश्यक हुने बताउनुभयो । प्रविधिमैत्री वातावरणले नै पर्यटकलाई आकर्षण गर्ने उहाँको भनाइ थियो । गुरुयोजना निर्माण उपसमितिका सल्लाहाकार सुशील वस्नेतले प्रविधिमार्फत गुफा क्षेत्रको प्रचारप्रसार हुने विश्वास व्यक्त गर्नुभयो । समितिले गुफा क्षेत्रको गतिविधिलाई व्यवस्थित र सुरक्षित बनाउन यसअघि नै सिसी क्यामेरा जडान गरिसकेको अप्रेशन म्यानेजर शिशिर पौडेलले जानकारी दिनुभयो । वाइफाइ सेवा शुरु भएसँगै अब गुफा घुम्न आउने आन्तरिक तथा बाहृय पर्यटकले तत्स्थानबाटै फोटो तथा भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेर गुफाको प्रचारप्रसार गर्न सक्ने उहाँको भनाइ थियो । (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

news2 weeks ago

शेरधन राइले चिनेकै छैन भन्दा बालिका ले ६ बर्ष देखी यौन शोशणको कुरा किन गरिन भन्दा यस्तो बबाल (भिडियो हेर्नुहोस)

Other1 week ago

श्रीमान र ५ बर्षे छोरालाई छोडेर हिडेकी सन्तोषी यस्तो अवस्थामा फेला परिन, बुझ्नै गाह्रो (भिडियो हेर्नुस्)

news2 weeks ago

यिनै हुन् दाङमा भारतीय कार भित्र मृत्यु भएका ३ जना बालक , आखिर कसरी आए ति बालक कार भित्र ? पहिलो पटक शव देख्ने ब्यक्तिले गरे यस्तो खुलाशा (भिडियो हेर्नुस)

Other3 weeks ago

यस्तो छोरो जन्माइस भन्दै तेजेन्द्रले कुटथ्यो भनेर सचिनको आमाले आरोप लाएपछी बाहिरियो अरुपनी कर्तुत (भिडियो सहित)

Other1 week ago

३ महिना देखि पार्किङ्ग गरेको कार भित्र कसरी भेटियो ३ बालकको शव ? बालकको आमाले रुँदै सुनाइन् (भिडियो हेर्नुस्)

Copyright © 2017 ostake.