Connect with us

भारतीय प्रधानमन्त्री मोदीको ६९औँ जन्मोत्सवमा पशुपतिमा भयो विशेष पूजा

काठमाडौँ, ३ असोज : भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको ६९औँ जन्मोत्सवको अवसरमा पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरिएको छ । रुद्राभिषेकसहितको विशेष पूजा बिहान साढे नौ बजेपछि गरिएको थियो । मोदीको दीर्घायु, दीर्घ सुशासन र स्वच्छ भारतको लक्ष्यसहित निरन्तर अघि बढोस् भन्ने सङ्कल्पले आज विशेष पूजा गरिएको पशुपतिनाथका मूल अर्चक रावल गणेश भट्टले राससलाई जानकारी दिनुभयो । पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्न भारतीय जनता पार्टी (भाजपा) का नेता सञ्जीव शुक्लाको नेतृत्वमा कमलेश तिवारी, उमेश गुप्ता, राकेश तिवारी, लालता साहू, डा शिवमोहन गुप्तासहितको समूह काठमाडौँ आएको छ ।

सन् १९५० सेप्टेम्बर १७ तारिखका दिन जन्मनुभएका भारतीय प्रधानमन्त्री मोदी ६९ वर्ष पूरा भई यसै हप्ता ७० वर्ष प्रवेश गर्नुभएको छ । दोस्रोपटक मोदी भारतको प्रधानमन्त्री भएको १०० दिन पूरा भएको अवसरसमेत पारेर विशेष पूजा गरिएको भारतीय समूहका नेता शुक्लले राससलाई जानकारी दिनुभयो । पशुपति क्षेत्र विकास कोषको रसिद काटी मोदीका तर्फबाट मूल भट्टले विशेष पूजा गर्नुभएको हो । विशेष पूजापछि पशुपति प्राङ्गणमा नेपाल–भारत मित्रताको कामना गरिएको थियो । भारतबाट आएको समूहले पशुपतिनाथको प्रसाद प्रधानमन्त्री मोदीलाई लैजाने समूह प्रमुख शुक्लले बताउनुभयो ।   (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Other3 weeks ago

आफु भन्दा सानो उमेरको प्रेमि सँग मिलेर श्रिमतिले श्रिमानको ज्यान नै लिईन,राती प्रेमीलाई घरमा बोलाएर (भिडियो हेर्नुहोस)

Other2 weeks ago

प्रेमिकाले मेरो पेटमा तिम्रो बच्चा छ मेरो अन्तै बिवाह गरिदिन लागे भनेपछी प्रेमिका लिन गएका नवराज कहिले नफर्कनेगरी गए (भिडियो हेर्नुहोस)

Other4 weeks ago

नायिका सुहाना थापा आजबाट २३बर्ष लागिन,मम्मी झरना थापाले भनिन गुडिया रानी(भिडियो हेर्नुहोस)

Other1 week ago

नवराजको प्रेमिका भनिएकी सुष्मा मल्ल पहिलो पटक बोलीन्,सोच्दै नसोचेको यस्तो रहस्य बहिरियो (भिडियो हेर्नुहोस)

Other4 weeks ago

राजेश हमालाई यो उमेरमा बाबु बन्ने रहर आएपछी मधुसँग समय बिताउदै राम्रो खाना खादै ब्यायाम गर्दै(भिडियो हेर्नुस)

Copyright © 2017 ostake.