Connect with us

चट्याङले ६१ भेडा मर्दा रु १० लाख बराबरको क्षति

म्याग्दी, १ भदौ : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खयरमा चट्याङ लागेर भेडा मर्दा रु १० लाख मूल्य बराबरको क्षति पुगेको छ ।शुक्रबार राति ११ः३० बजे परेको चट्याङ लागेर खर्कमा बास बसेका ६१ वटा भेडा मरेका छन् । करीब रु १० लाख मूल्य बराबरको क्षति पुगेको कृषकसमेत रहनुभएका वडा सदस्य राजेश तिलिजा पुनले जानकारी दिनुभयो । सबैभन्दा धेरै तिलिजाका २६ वटा भेडा मरेका छन् । लालवीर तिलिजा, मिनबहादुर गुरुङ, टिकजित तिलिजा, यामबहादुर पाइजा, डिलप्रसाद शेरपुञ्जा र कमल तिलीजाका भेडा पनि मरेका छन् ।

एक वटा भेडाको मूल्य रु १५ हजारदेखि रु २५ हजार छ । सबै कृषकका भेडालाई गोठालाले एउटै खर्कमा राखेका थिए । घार प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल गएको छ । पाउद्वार गाउँदेखि खयर पुग्न करीब १२ घण्टा उकालो हिँड्नुपर्छ । पीडित कृषकले क्षतिपूर्ति र घुम्ती गोठमा पालिने भेडाबाख्राको पनि बीमा सुविधा हुनुपर्ने माग गरेका छन् । (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Other3 weeks ago

आफु भन्दा सानो उमेरको प्रेमि सँग मिलेर श्रिमतिले श्रिमानको ज्यान नै लिईन,राती प्रेमीलाई घरमा बोलाएर (भिडियो हेर्नुहोस)

Other2 weeks ago

प्रेमिकाले मेरो पेटमा तिम्रो बच्चा छ मेरो अन्तै बिवाह गरिदिन लागे भनेपछी प्रेमिका लिन गएका नवराज कहिले नफर्कनेगरी गए (भिडियो हेर्नुहोस)

Other4 weeks ago

नायिका सुहाना थापा आजबाट २३बर्ष लागिन,मम्मी झरना थापाले भनिन गुडिया रानी(भिडियो हेर्नुहोस)

Other1 week ago

नवराजको प्रेमिका भनिएकी सुष्मा मल्ल पहिलो पटक बोलीन्,सोच्दै नसोचेको यस्तो रहस्य बहिरियो (भिडियो हेर्नुहोस)

Other4 weeks ago

राजेश हमालाई यो उमेरमा बाबु बन्ने रहर आएपछी मधुसँग समय बिताउदै राम्रो खाना खादै ब्यायाम गर्दै(भिडियो हेर्नुस)

Copyright © 2017 ostake.