Connect with us

शिविरबाट साढे दुई सय लाभान्वित

गलेश्वर, १ फागुन (रासस) म्याग्दीको नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाको आयोजनामा मङ्गलबार पुलाचौरमा सम्पन्न भएको निःशुल्क आँखा शिविरमा साढे दुई सय जना लाभान्वित भएका छन् ।

रेडक्रसको १६औँ स्थापना दिवसका अवसरमा पुलाचौर उपशाखाको आयोजना र युवा रेडक्रस सर्कल पौलस्त्य माध्यमिक विद्यालय भीरमुनीको सहआयोजनामा सञ्चालित शिविरमा झण्डै साढे दुई सय लाभान्वित भएका हुन् ।

निःशुल्क आँखा परीक्षण शिविरमा २४० को आँखा परीक्षण गर्नुका साथै निःशुल्क रूपमा औषधि वितरण गरिएको छ । तीमध्ये पाँच जनाको तुरुन्तै मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने भेटिएको हुँदा उनीहरुलाई हिमालय आँखा अस्पताल घारीपाटन पोखरा सिफारिश गरिएको आँखा उपचार केन्द्र बेनीका प्रमुख दिनेश बानियाँले बताउनुभयो ।

उक्त शिविरमा भीरमुनी, पुलाचौर, चिप्लेटी, डडुवा र पुलाडाँडाबाट सर्वसाधारण सेवा लिन आएका थिए । बेनी नगरपालिकाको आर्थिक, रेडक्रस म्याग्दी शाखा र आँखा उपचार केन्द्र बेनीको प्राविधिक तथा हिमालय आँखा अस्पताल पोखराको विशेष सहयोग र बेनपा–५ वडा कार्यालयको व्यवस्थापनमा शिविर सञ्चालन गरिएको थियो ।

बुबाआमा र दाजुको स्मृतिमा पदमार्ग निर्माण

उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका दुई दिदीबहिनी मिलेर आफ्ना स्व बुबाआमा र दाजुको स्मृतिमा पदमार्ग निर्माण गरेका छन् ।

दिदी शान्तकला र बहिनी तमाया तिलीजा पुनले स्व बुबा धनीराम, आमा धनमाया, देउमाया र दाजु नीरबहादुर तिलिजाको स्मृतिमा पदमार्ग निर्माण गर्नुभएको हो ।

तिलीजा दिदीबहिनीले रु २५÷२५ का दरले पदमार्ग निर्माणमा सहयोग गर्नुभएको चित्रबहादुर पुनले जानकारी दिनुभयो । तिलीजाद्वयको सहयोगमा स्थानीयवासीले श्रमदान गरेर चिमखोलादेखि मण्डलीको थान जाने पदमार्ग निर्माण गरेका हुन् । मण्डलीको थान चिमखोलाको प्रसिद्ध धार्मिकस्थल हो ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.