Connect with us

प्रदेशसभा बैठक : विधेयकमाथि छलफल

विराटनगर, २८ माघ (रासस) प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश विद्युत् सम्बन्धमा बन्ने विधेयकले विकास र संरचनाका लागि आधार स्तम्भ हुने बताउनुभएको छ ।

‘प्रदेश विद्युत् सम्बन्धमा व्यववस्था गर्न बनेको विधेयक, २०७५’ प्रस्तावमा प्रदेशसभाका १० जना सांसदले सैद्धान्तिक छलफलमा उठाएका विषयमा जवाफ दिने क्रममा मन्त्रीले विधेयकमाथि भएको छलफलले विद्युत्सम्बन्धी बन्ने कानूनलाई व्यवस्थित गर्न मद्दत पुगेको चर्चा गर्नुभयो । मुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्रालयका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो प्रस्ताव पेश गर्नुभएको थियो ।

शून्य समय

प्रदेशसभाको आजको बैठकमा शून्य समयमा प्रदेश सभासदस्य रामचन्द्र लिम्बूले सबै क्षेत्रबाट परिपूर्ण, स्वच्छ र सुन्दर वातावरण भएको धनकुटालाई प्रदेशको राजधानी बनाउनुपर्ने बताउनुभयो । सदस्य विमल कार्कीले जङ्गली जनावरको चपेटामा ज्यान गुमाउने सबैलाई एकै किसिमको राहत उपलब्ध गराउनुपर्नेमा प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।

‘प्रदेश भवन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७५’ प्रस्ताव सदनमा प्रस्तुत गरियो । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम सो प्रस्ताव आन्तरिक मामिला तथा कानूनमन्त्री कार्कीले पेश गर्नुभएको हो ।

मन्त्री कार्कीले मुख्यमन्त्री तथा भौत्तिक पूर्वाधार विकास मन्त्रालयका तर्फबाट बनेको यो विधेयक प्रदेशमा बन्ने सरकारी भवनलाई प्राकृतिक प्रकोपबाट क्षति हुन नदिन भवन मापदण्ड बनाइएको बताउनुभयो । प्रदेशसभाको अर्को बैठक यही माघ २९ गते दिउँसो १२ बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.