Connect with us

फागुन २१ भित्रै सबै तहका कानूनको पूर्णता

पर्वत, २७ माघ (रासस) राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आगामी फागुन २१ गतेभित्रै सबै तहका लागि आवश्यक कानून निर्माण भइसक्ने बताउनुभएको छ ।

सदरमुकाम कुश्माबजारमा आयोजित गण्डकी प्रदेशस्तरीय महिला महोत्सवको आज उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले संविधानले व्यवस्था गरेका सबै कानून र ऐन बनिसकेको बताउँदै अब आरक्षण हैन खुला प्रतिस्पर्धाबाटै राज्यका महत्वपूर्ण स्थानमा पुग्ने आँट र साहस महिलाले लिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले सन् २०२२ सम्म २० लाख पर्यटक भित्र्याउने प्रदेश सरकारको लक्ष्य रहेको बताउनुभयो । (तस्बीर संलग्न छ)–

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.