Connect with us

कालाजारका नयाँ सङ्क्रमित फेला

सप्तरी, २७ माघ (रासस) सरकारले निःशुल्क उपचारको घोषणा गरे पनि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा औषधि अभाव हुँदा कालाजारबाट सङ्क्रमित एक बिरामीको उपचार हुन सकेको छैन ।

कालाजारबाट सङ्क्रमित छिन्नमस्ता गाउँपालिका–७ का ३५ वर्षीय मधुराम सदा उपचारबाट वञ्चित भएका हुन् । उपचार निःशुल्क हुने थाहा पाएर एक हप्ताअघि अस्पताल आउनुभएका सदा घर फर्किनु भएको छ । चार वर्षयता कालाजारको सङ्क्रमित फेला नपरेका कारण अस्पतालले औषधि नराखेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा चुमनलाल दासले बताउनुभयो ।

“नयाँ सङ्क्रमित फेला परेपछि औषधि मगाएका छौँ”, उहाँले भन्नुभयो । सन् २०२० सम्ममा कालाजार उन्मूलन गर्ने सरकारको लक्ष्य छ । जिल्लामा यसअघि २०७२ साल वैशाख २२ गते बेल्ही चपेना–८ की २४ वर्षीया रीतादेवी राममा कालाजारको सङ्क्रमण देखापरेको थियो । विसं २०६३ देखि हालसम्ममा जिल्लामा कालाजारका १५६ सङ्क्रमित फेला परेका छन् ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.