Connect with us

राजापुरमा कृषि मेला

राजापुर, २७ माघ (रासस) बर्दियाको राजापुरमा नगरस्तरीय कृषि मेला प्रदर्शनी शुरु भएको छ ।

राजापुर नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र नगरस्तरीय कृषि समन्वय समिति राजापुरको आयोजनामा तीन दिने कृषि मेला शुरु भएको हो ।

मेलामा कृषकले उत्पादन गरेका कृषिउपज र विविध कृषि प्रविधिका सामग्री प्रदर्शनीमा राखिएको छ । मेलामा एक हजार ५०० बढी कृषिउपज प्रतिष्पर्धाका लागि दर्ता भएका छन् । मेलामा १५ विधामा प्रतिष्पर्धा हुनेछ । मेलाको उद्घाटन गर्दै प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले कृषकको नाममा गैरकृषकले अनुदान पाउने परिपाटी बढ्दै छ भन्नुभयो । मुख्यमन्त्री पोखरेलले कुनै पनि कृषकले जग्गाको अभावमा व्यावसायिक खेती गर्नबाट वञ्चित नहुन् भनेर जग्गा भाडामा लिएर खेती गर्ने कृषक समूह वा व्यावसायिक फार्मलाई जग्गाको भाडा तिर्ने घोषणा गरेको बताउनुभयो ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.