Connect with us

निःशुल्क शिविरबाट चौध सय लाभान्वित

दमक, २६ माघ (रासस) झापाको दमक–७ स्थित वडा कार्यालयको आयोजनामा सञ्चालित विशेषज्ञ सेवासहितको दुईदिने निःशुल्क स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी लाभान्वित भएका छन् ।

शुक्रबार र शनिबार दमकस्थित रेडक्रस भवनमा सञ्चालन गरिएको शिविरमा एक हजार ४०० भन्दा बढी सर्वसाधारणले स्वास्थ्य सेवा प्राप्त गरेका वडाध्यक्ष भीम पौडेलले जानकारी दिनुभयो ।

शिविरमा आँखाका ३६८, दाँतका १०४, फिजिसियन सेवा ४०१, स्त्री रोगका १९१, हाडजोर्नीका १३८, छालासम्बन्धीका १००, नाक–कान घाँटीका ४५ र बालरोगसम्बन्धीका ५५ जनाले स्वास्थ्य परीक्षण सेवा लिएका वडाध्यक्ष पौडेलले बताउनुभयो । दमकको लाइफलाइन अस्पताल, नेपाल रेडक्रस सोसाइटी र दमक अस्पतालको प्राविधिक सहयोग रहेको थियो ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.