Connect with us

वेदकोट महोत्सव फागुन २ मा

भीमदत्तनगर, २६ माघ (रासस) कञ्चनपुरको वेदकोट नगरपालिकास्थित वेदकोट धाममा पहिलोपटक आगामी फागुन २ गते धार्मिक तथा पर्यटन महोत्सव हुने भएको छ ।
नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरी दुई दिने महोत्सवको बारेमा जानकारी गराएको छ ।
‘समृद्ध बेदकोट नगरको आधार, कृषि, उद्योग, पर्यटन र पूर्वाधार’ भन्ने मूल नाराका साथ आयोजना ह्ुने वेदकोट महोत्सवबाट यहाँको धार्मिक पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा टेवा पुग्ने आशा लिइएको नगरप्रमुख अशोककुमार चन्दले जानकारी दिनुभयो ।

त्यसैगरी आगामी फागुन १७ देखि २६ गतेसम्म भीमदत्तनगरमा सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार तथा कञ्चनपुर पर्यटन महोत्सव हुने भएको छ ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने महोत्सवमा स्थानीयस्तर तथा नेपालमै उत्पादित वस्तुको विकास तथा बजार विस्तारमा प्रवद्र्धन, कृषि पेशालाई व्यावसायिक रुपमा उन्मुख गर्ने, लघु उद्यम प्रदर्शनी, अटो प्रर्दशनी, वैकल्पिक ऊर्जा र पर्यटन प्रवद्र्धन गर्ने मेलाको मुख्य आकर्षण रहेको सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले जानकारी दिनुभयो ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.