Connect with us

चुनढुङ्गा उत्खननले मानव बस्ती जोखिममा

हेटाँडा, २६ माघ (रासस) विभिन्न सिमेन्ट उद्योगलाई केन्द्रीय सरकारले भीमफेदी गाउँपालिका क्षेत्रमा चुनढुङ्गा उत्खननका लागि दिएको अनुमतिले त्यहाँको मानव बस्ती जोखिममा पर्ने गुनासो गरिएको छ । सिमेन्ट उद्योगका लागि चाहिने ढुङ्गा उत्खननले भीमफेदीको जनता उठिबास हुने स्थिति भएको भीमफेदी गाउँपालिकाका जनप्रतिनिधिले बताउनुभएको हो ।

भीमफेदीमा हेटौँडा सिमेन्ट उद्योग, शालिमार सिमेन्ट उद्योग, ऋद्धिसिद्धी सिमेन्ट उद्योग र शिवम् सिमेन्ट उद्योगलगायतका उद्योगलाई ढुङ्गा खानीका लागि दिएको अनुमति खारेज गर्न ३ नम्बरका मुख्यमन्त्रीलाई ध्यानाकर्षणसमेत गराइएको छ ।

सो गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाले यस गाउँपालिका क्षेत्रमा सञ्चालित सिमेन्ट ढुङ्गा खानी कार्य बन्द गरिनुपर्छ र थप नयाँलाई अनुमतिपत्र दिन नहुने माघ गर्नुभएको छ । त्यसको लागि स्पष्ट मापदण्ड बनाउनुपर्नेमा पनि उहाँको माघ रहेको छ । शालिमार सिमेन्ट उद्योगले सोही गाउँपालिका–२ मा, ऋद्धिसिद्धीले वडा ३ मा र शिवम्ले वडा ५ मा चुनढुङ्गा उत्खनन निरन्तर गरिरहेकोे बुझिएको छ ।

उक्त चार वटा सिमेन्ट उद्योगले एउटै गाउँपालिकाको विभिन्न वडामा चुनढुङ्गा उत्खनन गर्दा वडा नं १ देखि ६ सम्मको मानव बस्ती जोखिममा पर्ने स्थानीय जीवन लामाले बताउनुभयो । गााउँपालिकाका अध्यक्ष हिदम लामाले केन्द्र सरकारबाट यस गाउँपालिकालाई उद्योगको चुनढुङ्गा उत्खननबारे जानकारी नभएको बताउनुभयो । उता सम्बन्धित सिमेन्ट उद्योगका सञ्चालकले सरकारको अनुमतिबाट सो गाउँपालिकामा काम गरिरहेको बताउनुभएको छ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.