Connect with us

दुर्लभ पाटे बाघ म¥यो

रत्ननगर, २५ माघ (रासस) चितवन राष्ट्रिय निकुञ्जको राप्ती किनारस्थित जर्नेलीघाटमा पानीमा डुबेको अवस्थामा मृत दुर्लभ पाटे बाघ फेला परेको छ ।

आज करीब १३ वर्षको वयस्क भाले बाघ मृत फेला परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदप्रसाद ढकालले जानकारी दिनुभयो । मृत बाघको शरीरमा चोटैचोट भेटिएकाले अर्को भाले बाघले आक्रमण गर्दा सो बाघको मृत्यु भएकोे हुन सक्ने ढकालले जानकारी दिनुभयो ।

राप्ती नदीमा माछा मार्न गएका स्थानीयवासीले मृत बाघलाई देखेपछि निञ्कुजलाई खबर गरेका थिए । सन् २०१८ मा भएको राष्ट्रिय बाघ गणनामा चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा बाघ रहेका थिए । गणना भएयता योसँगै दुईवटा बाघको मृत्यु भइसकेको निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले जानकारी दिनुभयो ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.