Connect with us

रक्तसञ्चार केन्द्र स्थापना गर्न सहयोग

सङ्खुवासभा, २५ माघ (रासस) सदरमुकाम खाँदबारीमा रहेको सिर्जनशील सामुदायिक विकास केन्द्रले रक्तसञ्चार केन्द्र स्थापना गर्न रकम सहयोग गरेको छ ।

एकादशी बजारमा चिया बेचेर सङ्कलन गरेको रु २९ हजार ५८५ जिल्लामा रक्तसञ्चार केन्द्रका लागि सहयोग गरेको हो । रक्तसञ्चार दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा केन्द्रकी अध्यक्ष राधा बस्नेतले उक्त रकम रेडक्रस सभापति सरोज बज्राचार्यलाई हस्तान्तरण गर्नुभयो । उहाँले एकादशी बजारमा जनचेतना जगाउँदै चिया बेचेर रकम सङ्कलन गरिएको बताउनुभयो ।

रेडक्रसले रक्तसञ्चार दिवसका अवसरमा १५० भन्दा बढीको ब्लड ग्रुप्रिङ गरेको थियो ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.