Connect with us

मुद्दा दायर

काठमाडौँ, २३ माघ (रासस) अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरमा कार्यरत सहायक रजिष्ट्रार गीताकुमारी पन्थीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

काठमाडौँमा रहेको एक निजी विद्यालयको हालसम्म बाँकी रहेको कर तिर्न जाँदा राजश्व रकम कम गरिदिने बाहनामा सेवाग्राहीसँग पन्थीले रु एक लाख घुस मागेको अभियोग लागेको छ ।

आयोगको टोलीले सहाक रजिष्ट्रार पन्थीलाई घुस लिँदालिँदै पक्राउ गरेको थियो । आयोगले बिगोबमोजिम जरिवाना र कैद सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिनुभयो ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.