Connect with us

पेम्बा र लोकको जोडी सेमिफाइनलमा

काठमाडौँ, २२ (रासस) कम्प्लिट हेल्थ क्लब, बानेश्वरका पेम्बा शेर्पा र लोक लामाको जोडी नवोँ बविन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरेका छन् ।

भिमसेनगोलास्थित ब्याडमिन्टन कोर्टमा आज भएको पुरुष युगलमा शेर्पा र लामाको जोडीले आयोजक किङ्ग्स कम स्पोर्टस् क्लबका पूर्वराष्ट्रिय खेलाडी इन्द्र महता र विकास चन्द्र राईको जोडीलाई २२–२० र २१–१७ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

आजै भएको अर्को प्रतिस्पर्धामा देउराली क्लबका हिमांशु श्रेष्ठ र थम रानाको जोडीले पनि सेमिफाइनलमा स्थान बनायो । श्रेष्ठ र रानाको जोडीले एपिएफका राष्ट्रिय खेलाडी निराजन देवकोटा र विशाल तामाङको जोडीमाथि २१–१४ र २१–१७ को सेटमा पराजित गर्दै सेमिमा स्थान पक्का गरे । अब फाइनल प्रवेशका लागि श्रेष्ठ र रानाको जोडीले शेर्पा र लामाको जोडीसँग बुधबार प्रतिष्पर्धा गर्नेछ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.