Connect with us

‘ए’ डिभिजन लिग ःउपाधि भिडन्त आज

काठमाडौँ, १२ पुस (रासस) तीन पटकको ‘ए’ डिभिजन लिग विजेता सङ्कटा क्लब र सात पटकको विजेता मनाङ मस्र्याङ्दी क्लबबीच आज हुने ११ औँ चरणको खेललाई उपाधि भिडन्तको रुपमा हेरिएको छ ।जारी ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज हुने खेल मनाङले जिते ए डिभिजनको इतिहासमा कीर्तिमानी जितसहित मनाङले दुई खेलअगावै आठौँ पटक उपाधि जित्नेछ भने सङ्कटाले जिते मनाङले अर्को खेलसम्म कुर्नुपर्नेछ ।एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो २ः३० बजे हुने खेलमा मनाङले सङ्कटालाई हराउन सके कीर्तिमानी आठाँै पटक ए डिभिजन लिगको उपाधिमा कब्जा गर्नेछ ।अहिलेसम्म मनाङले २०४२–२०४३, २०४३–२०४४, २०४६, २०५७, २०६०, २०६२ र २०७० तथा सङ्कटाले २०३७, २०४० र २०४२ सालमा उपाधि जितिसकेका छन् । घरेलु फुटबलको सर्वाधिक सफल क्लब हो मनाङ ।पाँच वर्षपछि फर्किएको घरेलु लिगको उपाधि उचाल्न उसलाई मात्र एक जित आवश्यक छ । तीन अङ्क जोड्न सके मनाङले दुई खेलअगावै प्रतियोगिताको उपाधि जित्नेछ । अहिले मनाङको १० खेलबाट ३० अङ्क तथा समान खेलबाट सङ्कटाको २५ अङ्क छ ।लिगको रोमाञ्चकतालाई अन्तिमसम्म बचाइ राख्ने जिम्मेवारी भने सङ्कटाको काँधमा छ । आजको खेलमा सङ्कटाले जिते लिगको रोमाञ्चकता अन्तिम खेलसम्म जान सक्छ । त्यसले सङ्कटाको लिग जित्ने गणितीय सम्भावना समेत बाँकी राख्नेछ ।यस सिजन अपराजित एक्लो टोली मनाङले दशौँ चरणसम्म शतप्रतिशत नतिजा हात पारेको छ । सङ्कटाले भने आठमा जित, एक बराबरी र एक हारको नतिजा निकाल्दै २५ अङ्क जोडेको छ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.