Connect with us

फेवाताल किनारमा हुने सडक महोत्सवको तयारी पूरा

फेवाताल किनारमा हुने सडक महोत्सवको तयारी पूरा

पोखरा, ११ पुस (रासस) पोखरा सडक महोत्सवको २० औँ संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ ।

रेस्टुराँ एण्ड बार एशोशियसन नेपाल (रेवान) पोखराद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । फेवाताल किनारामा रेवानले सो महोत्सव गर्दै आएको छ ।

रेवान पोखराका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक बुधराज भुजेल (भीमसेन) ले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।

पोखरा सडक महोत्सव अङ्ग्रेजी नयाँ वर्षको पहिचान जस्तै बनिसकेको बताउँदै उहाँले लेकसाइडको तीन किमी क्षेत्रलाई समेटेर ‘सडकमै खाउ, सडकमै रमाउँ’ भन्ने नाराका साथ यही पुस १३ देखि १७ गते (डिसेम्बर २८ देखि जनवरी १) सम्म महोत्सव गर्न लागिएको बताउनुभयो ।

उहाँका अनुसार महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रम, खानाका परिकारआदिको स्वाद लिनुका साथै विभिन्न प्रस्तुति गरिनेछ ।

महोत्वसका क्रममा रु एक करोड ५० लाख आम्दानी एवं रु एक करोड २० लाख खर्च हुने अनुमान गरिएको उल्लेख गर्दै अध्यक्ष भुजेलले बचत रकम सामाजिक सेवा, पर्यटकीय विकासलगायतका क्षेत्रमा खर्च गरिने बताउनुभयो ।

पर्यटकलाई लक्षित गरी प्रभावकारी सुरक्षाका लागि २४ वटा नाइटभिजन सिसी क्यामरा र सडक लाइटको व्यवस्थाका साथै पोखरामा रात्रिकालीन बस सेवासमेत उपलब्ध गराइने उक्त अवसरमा जानकारी दिइयो ।

नेपाल पर्यटन बोर्डको प्रवद्र्धन एवं गोर्खा ब्रुअरी प्रालि, नेपाल डिष्टिलरी प्रालि र जावलाखेल ग्रुप अफ इन्डष्ट्रिज प्रालिको मुख्य प्रायोजनमा महोत्सव हुन लागेको आयोजकले जनाएको छ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.