Connect with us

युवक मृत फेला

युवक मृत फेला

पशुपतिनगर, ११ पुस (रासस) इलामको सूर्योदय नगरपालिका– ५ समाल्बुङमा एक व्यक्ति मृत फेला परेका छन् ।

गत शनिबारदेखि हराइरहेका ४१ वर्षीय केशबहादुर राई मानव बस्तीभन्दा १०० मिटर पर बारीको कान्लामा मृत फेला परेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । अत्यधिक मादक पदार्थ सेवन गर्ने राई अरुको घरमा काम गर्दै गुजारा गर्ने गरेका थिए । शनिबार घरबाट हराएपछि परिवारले खोजी गर्ने क्रममा बारीको कान्लामा किरा परेको अवस्थामा शव फेला पारेको प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिनुभयो । मृतक राईको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र फिक्कलमा राखिएको छ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.