Connect with us

मूल्यमान्यता सहितको राजनीतिमा जोड

मूल्यमान्यता सहितको राजनीतिमा जोड

पोखरा, १० पुस (रासस) बुकवर्म फाउण्डेसन र ¥यान्डम रिडर्स सोसाइटीद्वारा पोखरामा आयोजित आईएमई नेपाल लिटरेचर फेस्टिभल अन्तर्गतको ‘अबको नेतृत्व ः कसको, कस्तो ?’ विषयक संवाद कार्यक्रममा मूल्य सहितको राजनीति वर्तमानको आवश्यकता भएकोमा जोड दिइएको छ ।

मूल्य र संस्कारको अभावमा राजनीति प्रति नै वितृष्णा जाग्दै गएकोमा सहमत बन्दै सहभागी नेताहरूले संस्कार युक्त राजनीति अपरिहार्य भएकोमा जोड दिए ।

पत्रकार गुणराज लुइँटेलको प्रस्तुति रहेको संवादमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापा र विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले पछिल्लो समय नेतृत्व वर्गमा देखिएका गुण अवगुणका साथै नेपालको राजनीतिक क्षेत्रले अब लिनुपर्ने बाटोका विविध पक्षमाथि चर्चा गर्नुभयो ।

नेतृत्वको कमजोरी एवं स्वार्थी चरित्रका कारण नेपालले विकासको मूल गोरेटो पहिल्लाउन नसकेकोमा नेताहरूको टिप्पणी थियो । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूहरुले नेकपामा आन्तरिक परिवर्तनको काम थालेको र त्यो कार्यान्वयनको चरणमा रहेको बताउनुभयो । उहाँले पार्टीमा रहेका विभिन्न पेशागत सङ्घ सङ्गठन हटाउने पक्षमा आफू रहेको उल्लेख गर्नुभयो ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.