Connect with us

चितवन महोत्सव पुस २५ देखि

चितवन महोत्सव पुस २५ देखि

चितवन, १० पुस (रासस) उद्योग वाणिज्य सङ्घ चितवनको अगुवाइमा हुने चितवन महोत्सव आगामी पुस २५ गतेबाट शुरु हुने भएको छ । सङ्घले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवका बारेमा जानकारी दिएको हो ।

नारायणी नदी किनारमा १२ औँ संस्करणका रुपमा महोत्सव आयोजना गर्न लागिएको मूल आयोजक समितिका संयोजक सहनलाल प्रधानले जानकारी दिनुभयो । महोत्सव विसं २०५३ सालदेखि प्रत्येक दुई÷दुई वर्षमा हुँदै आएको छ उद्योग वाणिज्य सङ्घ–चितवन, जिल्ला समन्वय समिति चितवन र भरतपुर महानगरपालिकाको संयुक्त आयोजनामा सञ्चालन हुने चितवन महोत्सवमा छ विशेषसहित ५०० स्टल रहने छन् । महोत्सवमा कृषि, स्वास्थ्य, शिक्षा र पर्यटनमा आधारित गोष्ठी आयोजना गरिनेछ । प्रधानका अनुसार सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी पर्यटनलाई केन्द्रबिन्दुमा राखी विभिन्न क्रियाकलाप आयोजना गर्दैछ । चितवनभित्रका पर्यटकीय गन्तव्यको संक्षिप्त जानकारी तथा तस्वीर समावेश गरी पर्यटक पथप्रदर्शक किताब नेपाली र अङ्ग्रेजीमा प्रकाशन गरिने बताइएको छ ।

जिल्लाको पर्या पर्यटन झल्किने, राष्ट्रिय अन्तर्राष्ट्रिय जनावरको प्रतिमूर्ति समावेश गरिएको कृत्रिम चिडियाखाना महोत्सवमा रहनेछ । त्यस्तै कलात्मक प्रवेशद्वार साथै बालुवामा कुँदिएको २० फिट लम्बाइ १० फिट चौडाइको माछाको कलात्मक आकृति रहनेछ । विविध खेलकूद, जलयात्रा, स्वास्थ सेवा, आदिवासी जनजातिको वेषभूषा, कला संस्कृति समावेश गरिएको विभिन्न मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम, प्रतियोगितात्मक कृषिउपज प्रदर्शनीको विविधताले यसपटकको महोत्सवमा निरन्तरता पाएको संयोजक प्रधानले बताउनुभयो ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.