Connect with us

उद्धारका लागि गएको प्रहरी नै घाइते

उद्धारका लागि गएको प्रहरी नै घाइते

धादिङ, १० पुस ९रासस दुर्घटनामा परेको कारका चालकको आज उद्धारका लागि गएको प्रहरी नै घाइते भएका छन् । काठमाडाँैबाट बुटवलतर्फ जाँदै गरेको बा १४ च ९८०० नं को ट्याक्सी बेनीघाट रोराङ गाउँपालिका–५ भैँसेबाट ६० मिटर तल खसेको कारको चालक उद्वार गर्न जाँदा ट्राफिक प्रहरी पोष्ट बेनीघाटमा कार्यरत प्रहरी हबलदार सुरेशबहादुर चन्द गम्भीर घाइते भएको प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिनुभयो ।

घटनास्थल जाँन लाग्दा घाइते भएका चन्दको टाउकोमा पाँच टाँका लगाइएको छ । दुर्घटनामा कार चालक बारा जिल्ला निजगढ निवासी ३० वर्षीय अमृत भण्डारी घाइते भएकाले गजुरी अस्पतालमा उपचार भइरहेको छ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.