Connect with us

आगलागीबाट साढे चार लाखको क्षति

भोजपुर, ९ पुस ९ भोजपुरको पौवादुङमा गाउँपालिका–३ च्याङ्ग्रेमा आगलागी हुँदा एक घर पूर्णरुपमा जलेर नष्ट भएको छ । गए राति ११ बजे स्थानीय कुमार श्रेष्ठको घरमा आगलागी भएको हो ।

आगलागीबाट खाद्यान्न, लत्ताकपडा, नगदलगायत जलेर नष्ट हुँदा रु चार लाख ५० हजार बराबरको क्षति भएको प्रहरीको भनाइ छ । घरमुली कुमारको मानसिक सन्तुलन ठीक नभएकाले आफैँले आगो लगाएको आशङ्कामा प्रहरीले अनुसन्धानको लागि कुमारलाई नियन्त्रणमा लिएको छ । आगो स्थानीयवासी, जनप्रतिनिधि तथा प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको गाउँपालिका अध्यक्ष किरण राइले जानकारी दिनुभयो ।(रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.