Connect with us

सुस्त श्रवण भएका बालबालिकालाई कम्मल

दाङ, ६ पुस (रासस) घोराहीमा रहेको सगरमाथा सिमेन्ट प्रालिले बिहीबार तुलसीपुरस्थित राप्ती बहिरा सङ्घमा रहेका १०० सुस्त श्रवण बालबालिकाका लागि कम्मल उपलब्ध गराएको छ ।
कम्पनीका जनसम्पर्क अधिकारी अमर सुवेदीको नेतृत्वमा आएको टोलीले बहिरा सङ्घकी कार्यक्रम निर्देशक प्रतिमा शर्मालाई ती बालबालिकाको छात्रावासमा पुगेर १०० थान कम्मल प्रदान गर्नुभएको हो । चिसो मौसम शुरु भएपछि प्रत्येक वर्षझैँ प्रालिले यस वर्ष पनि जिल्लाका विभिन्न स्थानमा पुगेर ज्येष्ठ नागरिक, दृष्टिविहीन तथा बहिरा बालबालिकालाई कम्मल वितरण गर्दै आएको छ । हिजै उक्त कम्पनीले घोराही उपमहानगरपालिका र बगलाचुली गाउँपालिकाका विभिन्न स्थानमा रहेका विपन्न दृष्टिविहीन २०० बालबालिकालाई पनि कम्मल वितरण गरेको थियो ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.